वीरगन्ज,२माघ:वीरगन्जमा जारी एनआई कप टी-२० क्रिकेटमा मंगलबार भएकाे खेलाा हेटाैंडा स्कुल विजयी भएका छ।
नारायणी क्रिकेट रंगशालाकाे क्रिकेट मैदानमा भएकाे खेलमा हेटौडा स्कुलले वीरगन्ज कलेजलाई ७२ रनकाे फराकिलाे अन्तरले हराएको हो ।
टस जितेर पहिला ब्याटिंग रोजेको हेटौडाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६३ रनको योगफल तयार पारेको थियो । हेटौडाका ज्ञानेन्द्र कुशवाहले १ छक्का र ६ चौका प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे । उनले ५२ बलको सामना गर्दै ६२ रन बनाए । साहेब यादवले २२ बलमा १० चौकाको मद्धतमा ४३ रन जोडे । गौरव श्रेष्ठले ३३ बलमा २० रन बनाए ।
बलिंगतर्फ वीरगन्ज कलेजका मुकेश कुमार साहले ४ ओभरमा ३६ रन खर्चिएर १ विकेट लिए । १६४ रनको लक्ष्य पछ्याएको वीरगन्ज कलेज १८.५ ओभरमा सबै विकेट गुमाएर ९१ रनमै समेटियो । वीरगन्ज कलेजका अर्जुन साहले १९ बलमा १३ रन बनाए भने आकाश यादवले १२ रन बनाए ।
बलिंगतर्फ हेटौडा स्कुलका प्रन्जल उपाध्यायले २.५ ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए । विकेश दासले ४ ओभरमा १६ रन दिएर २ विकेट लिए भने राजा अहमदले ३ ओभरमा १४ रन दिँदै २ विकेट लिए ।
उक्त खेलमा हेटौडा स्कुलका ज्ञानेन्द्र कुशवाहा प्लेयर अफ दी म्याच घोषित भएको नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।

