वीरगन्ज,२५माघ:वीरगन्जमा जारी टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीतामा बिहीबार भएकाे खेलमा एम.एस धोनी फ्यान क्लब विजयी भएकाे छ।
आदर्शनगर रंगशालामा भएकाे खेलमा एम.एस.धाेनी फ्यान क्लबले इम्प्रुभिङ्ग वीरगन्ज क्लबलाई ७३ रनकाे फराकिलो अन्तरले पराजित गरेको हाे।
टस जितेर पहिले ब्याटिङ गरेको एम.एस धोनी फ्यान क्लबले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १६४ रनको योगफल तयार पारेको थियो ।उसका लागि रवि यादवले सर्वाधिक ५९ रन बनाए ।धनन्जय गुप्ताले २८ र रोहन सर्राफले २० रन जोडे ।
बलिङतर्फ इम्प्रुभिङ् वीरगन्जका समित श्रीवास्तवले ३ ओभरमा ३ विकेट लिए । अभिषेक साह र सिवेश खड्गीले १/१ विकेट लिए ।
१६५ रनको लक्ष्यसाथ जवाफी ब्याटिङमा उत्रिएको इम्प्रुभिङ् वीरगन्जले पुरा १५ ओभर खेल्दै ९ विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्याे ।
बलिङतर्फ एम.एस धोनी फ्यान क्लबका आशिम अन्सारीले ३ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए । धन्नजय गुप्ता र भुलन अन्सारीले २/२ विकेट लिए ।

