काठमाडौं,२७फाल्गुन:साफ यु-१६ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको फाइनल खेलमा भारतलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलकाे अन्तिम निणर्य टाइब्रेकरबाट निकालिएको थियो ।
समूहगत चरणको खेलमा बंगलादेश पहिलो र भारत दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए । घरेलु टोली नेपाल र भुटान भने समूहगत चरणबाटै बाहिरिएका थिए ।
नेपालले समूहगत चरणमा एक खेलमात्र जितेकाे थियो । नेपालले भुटानलाई ३-० गोलले हराएको थियो ।

