Madhes Khabar
खेलकुद

आईपीएल क्रिकेटमा दिल्लीको पहिलाे जीत,चेन्नई २० रनले पराजित

वीरगन्ज,१९चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलाे जीत हात पारेकाे छ।आइतबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपरकिंग्सलाई २० रनले हराएको हाे । दुई खेलमा लगातार हार ब्यहोरेको दिल्लीको यो पहिलो जित पनि हो ।

दिल्लीले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि अजिंके रहानेले सर्वाधिक ४५ रन बनाए । महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्कासहित अविजित ३७ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का गरि ५२ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए ।

कप्तान रिषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।

यसअघि आइतबार नै भएकाे पहिलो खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको थियाे।

Related posts

पपुवा न्यूगिनी ९५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट

MadhesKhabar

जीतपुरसिमरा गोल्डकप फुटबलमा भरतपुरकाे विजयी सुरुवात

MadhesKhabar

आसिफको उत्कृष्ट व्याटिङमा नेपालको सानदार जित

MadhesKhabar

Leave a Comment