Madhes Khabar
खेलकुद

प्रथम सखुवाप्रसौनी क्रिकेट टुर्नामेन्टमा परवानीपुरको विजयी शुरुवात

मधेसखबर
वीरगन्ज,६ फागुन : पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ औराहा पन्चगावामा शनिबार देखि शुरु प्रथम सखुवाप्रसौनी क्रिकेट टुर्नामेन्टमा बाराको परवानी गाँउपालिकाले विजयी शुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा सखुवाप्रसौनी गाउँपालिकालाई ३३ रनले पराजित गर्दै परवानीपुर गाँउपालिकाले प्रतियोगितामा विजयी शुरुवात गरेको हो । १५२ रनको लक्ष्यका साथ जवाफी व्याटिंगमा उत्रिएको सखुवाप्रसौनीले ११८ रन मात्र बनाएपछि खेल परवानीपुरले जितेको हो ।

प्रतियोगितामा आईतबारो खेल पर्साको कालीकामाई गाउँपालिका र वीरगन्ज महानगरपालिका वडा नम्बर २६ बिच हुनेछ । प्रतियोगितामा पर्सा र बाराका गरि ८ वटा पालिकाका टिमले सहभागीता जनाएको स्थानीय सन्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।

शनिबार प्रतियोगिताको उद्घाटन पूर्व प्रदेशसभा सदस्य मन्जुर अन्सारीले गरेका थिए । उद्घाटन समारोहमा सखुवाप्रसौनी गाँउपालिकाकाको वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारु,वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जिवी महतो थारु, वडा नम्बर ३ का वडाध्यक्ष मोजामील मियाँ अन्सारी ,वडासदस्य छोटेलाल पसवान, समाजसेवी अनिरुद्र पटेल लगायतको उपस्थिति रहेको थियो ।

Related posts

सखुवा प्रसौनीको पचगाँवामा आयोजित दंगल कुश्तीको गाँउपालिका अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

ज्ञानदा एकेडेमीलाई हराउँदै ग्लोबल कलेजले जित्यो एनआई कपको उपाधि

MadhesKhabar

श्रीलंकालाई १० विकेटले हराउँदै भारतले आठौं पटक जित्यो एसिया कपको उपाधि

MadhesKhabar

Leave a Comment