Madhes Khabar
खेलकुद

ज्ञानदा एकेडेमीलाई हराउँदै ग्लोबल कलेजले जित्यो एनआई कपको उपाधि

वीरगन्ज,१७माघःवीरगन्जमा आयोजित नेशनल इन्फोटेक (एनआई) कप क्रिकेटको उपाधि ग्लोबल बिजनेश कलेजले जितेको छ ।नारायणी क्रिकेट मैदानमा बिहीबार भएको फाइनल खेलमा ज्ञानदा एकेडेमीलाई ७ रनले हराउँदै ग्लोबल बिजनेश कलेजले उपाधि चुमेको हो ।

ग्लोबल बिजनेश कलेजले दिएको ८९ रनको लक्ष्यका साथ जवाफी व्याटिङ्मा उत्रिएको ज्ञानदा एकेडेमीले पुरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा ८१ रनमात्रै बनाउन सक्यो । उसका लागि गुड्डु यादवले सर्वाधिक १५ रन बनाए भने मुुन्ना यादवले १४ रनमात्रै जोडे । बलिङ्तर्फ ग्लोबल कलेजका लागि निरज राय र कर्ण बहादुरले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको ग्लोबल बिजनेश कलेजले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । उसका लागि आदर्श भण्डारीले सर्वाधिक ४३ रन र शुभम बरालले ११ रन बनाए। बलिङ्तर्फ ज्ञानदा एकेडेमीका लागि अफताब आलम र गुड्डु यादवले समान दुई दुई विकेट लिए । फाइनल खेलको म्यान अफ दी म्याच ग्लोबल कलेजका आदर्श भण्डारी घोषित भए ।यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ग्लोब बिजनेश कलेजका कर्ण बहादुर विश्वकर्मा ,उत्कृष्ट ब्याटर ग्लोबल कलेजकै रविन्द्र कुवँर र उत्कृष्ट बलर ज्ञानदा एकेडेमीका कन्हैया कुमार घोषित भए ।

प्रतियोगिताको समापन समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपाधि विजेता ग्लोबल बिजनेश कलेजका खेलाडीहरुलाई ट्रफी र मेडल प्रदान गरे । एनआई कलेजका सञ्चालक मनिष सिंहको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको समापन समारोहको विशिष्ट अतिथी युवा नेता सुधिर पटेलका साथै पर्सा क्रिकेट संघका पूर्व अध्यक्ष दाउद अन्सारी,घनश्याम साह लगायतकाकोपनि सहभागिता थियो । एनआई कलेजले आयोजना गरेको प्रतियोगितामा १० वटा निजी कलेजका टिम सहभागी थिए ।

Related posts

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेलहरु हुने

MadhesKhabar

आयरल्याण्ड ए विरुद्ध आरिफ सेखले हाने अर्धशतक

MadhesKhabar

नेपाललाई हराउँदै नेदरल्याण्ड्सले जित्यो त्रिदेशीय सिरिजको उपाधि

MadhesKhabar

Leave a Comment