Madhes Khabar
खेलकुद

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेलहरु हुने

मधेसखबर
वीरगन्ज ,१३ मंसिर:कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज मंगलबार देखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् ।

समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ ।

आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ ।

यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ ।

पहिलो दुई खेल राति पौने ९ बजे हुनेछ त्यसपछि मध्यराति दुई खेल हुनेछन् ।

आजको खेलपछि दुवै समूहबाट नकआउट चरणमा पुग्ने दुई-दुई टोलीको टुङ्गो लाग्नेछ । जसले गर्दा समूह चरणका अबका खेलहरु महत्वपूर्ण बनेका छन् ।

समूह ए मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ भने बाँकी तीन टिममध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् ।

नेदरल्याण्ड र इक्वेडरको समान ४ अंक छ र क्रमश: पहिलो र दोस्रो स्थानमा छ । दुवैले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र अपराजित छन् । यस्तै सेनेगल ३ अंकसहित शीर्षमा छ । कतार अंकविहीन छ ।

नेदरल्याण्ड र इक्वेडर आफ्नो खेलमा बराबरी नतिजा ल्याए मात्र पनि अन्तिम १६ मा पुग्ननेछन् ।

सेनेगलका लागि भने अन्तिम १६ मा पुग्न इक्वेडरलाई हराउनैपर्नेछ । उता यसै विश्वकपबाट विश्वकपमा डेब्यु गरेको कतार पनि अन्तिम खेललाई सुखद बनाउन चाहन्छ ।

यस्तै समूह बी मा रहेको इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।

यस समूहबाट अहिलेसम्म कुनै टिम पनि बाहिरिएको छैन । त्यसैले नकआउट चरणमा पुग्न चारै टिमको सम्भावना बाँकी छ र होडमा छन् । यद्यपि तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना बढी छ ।

इंग्ल्याण्ड दुई खेलपछि एक जित र ए बराबरीबाट ४ अंकसहित पहिलो स्थानमा छ । एक जित र एक हारबाट ३ अंक रहको इरान दोस्रो स्थानमा छ । दुई बराबरी खेलेको अमेरिकाको २ अंकसहित तेस्रो र एक बराबरी र एक हारबाट वेल्स १ अंकसहित चौथो स्थानमा छ ।

इंग्ल्याण्डलाई नकआउट चरण पुग्न वेल्ससँग बराबरी गरे पनि पर्याप्त हुनेछ । वेल्सलाई पराजित गरेमा इंग्लयाण्ड समूह विजेता नै बन्नेछ । वेल्सका लागि भने इंग्ल्याण्डलाई हराउनुको विकल्प छैन र अर्को खेल खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

यस्तै इरानले अमेरिकालाई पराजित गरे सिधै नकआउट चरणमा पुग्नेछ । इंग्ल्याण्ड र वेल्सको खेल बराबरीमा सकिएमा भने इरानले अमेरिकासँग हार टारे पनि अन्तिम १६ मा पुग्नेछ ।

अमेरिकाले भने नकआउट चरणमा पुग्न इरानलाई पराजित गर्नैपर्ने आवश्यक छ ।साभार:अनलाइनखबर

Related posts

वीरगन्जमा पर्सा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

MadhesKhabar

दोश्रो वान डे मा युएई माथि नेपालको सान्दार जित

MadhesKhabar

जनकपुरका कप्तान अनिल साह बने एनपिएलमा पहिलाे अर्धशतक हान्ने खेलाडी

MadhesKhabar

Leave a Comment