
मधेसखबर
वीरगन्ज, ३० कार्तिक : एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ ।
किर्तिपुरको त्रिवि मैदानमा बुधबार भएको खेलमा युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभर खेल्दै ७ विकेटको क्षतिमा पुरा गरेकामे हो ।
नेपालका लागि गुल्सन झाले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्बाधिक ३७ रन बनाए । बलिङमा १ विकेटसमेत लिएका गुल्सन प्लेयर अल द म्याच समेत घोषित भए । आरिफ शेख ३३ रनमा अविजित रहे । सोमपाल कामीले पनि १६ बलमा २ चौकासहित अविजित १६ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुनुअघि १९१ रनको योगफल खडा गरेको थियो ।
सोमपाल कामी र ललित नारायण राजवंशीले ३–३ विकेट लिएपछि नेपालले युएईलाई सस्तैमा समेट्न सकेको हो ।
को जित रचेको छ ।
यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ । शुक्रबार हुने निर्णायक खेलले शृंखलाको विजेता टुंगो लगाउनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।सोमबार भएको शृंखलाको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हराएको थियो ।

