Madhes Khabar
खेलकुद

जगरनाथपुर गाँउपालिकामा आयाेजित राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सन्ठी माविले जित्याे

वीरगन्ज,६पुस: पर्साको जगरनाथपुर गाउँपालिकामा आयाेजित गाँउपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्ठी प्रथम भएको छ ।

शुक्रबार सुरु भई शनिबार सकिएको प्रतियोगिताका विभिन्न स्पर्धामा सबैभन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै सन्ठी माविले रनिङ शिल्ड जितेको हो ।

उक्त प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी द्वितीय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुर तृतीय भएका छन् ।

शनिबार आयाेजित प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समाराेहमा गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उपाधि जित्न सफल सन्ठी माविका खेलाडीहरुलाई मेडल र रनिङ शिल्ड प्रदान गरे ।

वडा नम्बर ५ का वडाध्यक्ष बिहारी महतो नूनियाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता क्षेत्री , प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, शिक्षा शाखा प्रमुख अशोक सिंह लगायतकाकाे पनि उपस्थिति थियाे।

Related posts

भारतसंग पराजित भएपनि नेपालकाे सम्मानजनक प्रदर्शन

MadhesKhabar

भारत–पाकिस्तान तनावले स्थगित आईपीएल चाँडै सुरु हुने, बीसीसीआईले नयाँ मिति घोषणा गर्ने

MadhesKhabar

आइपीएलमा राजस्थानकाे लगातार दाेस्राे जीत

MadhesKhabar

Leave a Comment