Madhes Khabar
खेलकुद

जगरनाथपुर गाँउपालिकामा आयाेजित राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सन्ठी माविले जित्याे

वीरगन्ज,६पुस: पर्साको जगरनाथपुर गाउँपालिकामा आयाेजित गाँउपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्ठी प्रथम भएको छ ।

शुक्रबार सुरु भई शनिबार सकिएको प्रतियोगिताका विभिन्न स्पर्धामा सबैभन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै सन्ठी माविले रनिङ शिल्ड जितेको हो ।

उक्त प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी द्वितीय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुर तृतीय भएका छन् ।

शनिबार आयाेजित प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समाराेहमा गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उपाधि जित्न सफल सन्ठी माविका खेलाडीहरुलाई मेडल र रनिङ शिल्ड प्रदान गरे ।

वडा नम्बर ५ का वडाध्यक्ष बिहारी महतो नूनियाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता क्षेत्री , प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, शिक्षा शाखा प्रमुख अशोक सिंह लगायतकाकाे पनि उपस्थिति थियाे।

Related posts

राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साको किर्तिमानी सफलता ,कुश्ती खेलाडीले जिते ३ स्वर्ण सहित १० पदक

MadhesKhabar

आईपीएलमा आज बैंग्लोर र हैदरावाद भिड्दै

MadhesKhabar

आईपीएलमा आज मुम्बई र कोलकाताको भिडन्त

MadhesKhabar

Leave a Comment