
वीरगन्ज,२९बैशाखः भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शनिबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबिचको खेल हुदैंछ ।
यी दुईबिचको खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।जारी आईपीएलको सिजनमा कोलकाता ११ खेलमा १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । मुम्बई १२ खेलमा ८ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
मुम्बई यसअघि नै प्लेअफ दौडबाट बाहिरीसकेको छ । नवौँ स्थानको मुम्बईलाई आजको खेलमा हराउन सकेमा कोलकाता प्लेअफमा पुग्नेछ । आईपीएल क्रिकेटमा शुक्रबारराति भएको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको थियो ।

