Madhes Khabar
खेलकुद

पुरुष खो खो प्रतियोगिता : दोश्रो खेलमा वीरगन्ज पराजित

वीरगन्ज,६ फागुन : भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खो प्रतियोगिता अन्तर्गत पहिलो खेल जितेको वीरगन्ज महानगरपालिका दोस्रो खेलमा भने पराजित भएको छ ।

शनिबार बिहान भएको पहिलो खेलमा बनेपा नगरपालिकालाई पराजित गर्दै विजयी यात्रा सुरु गरेको वीरगन्ज शनिबार नै भएको दोश्रो खेलमा भक्तपुर ’बी’ संग पराजित भएको हो । भक्तपुर ’बी’ ले वीरगन्जलाई १३–१० को सेटमा पराजित गरेको हो ।

यो जितसंगै भक्तपुर ’बी’ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भक्तपुरले कलैया उपमहानगरपालिकालाई पराजित गरेको थियो ।

अब वीरगन्जले आइतबार कलैयासँग प्रतिष्पर्धा गर्ने छ । वीरगन्जलाई क्वाटरफाइनल प्रवेशका लागि कलैयालाई पराजित गर्नै पर्ने बाध्यता छ । यदि कलैयासँग पराजित भए वीरगन्ज प्रतियोगिताबाट बाहिरिने छ ।

Related posts

आयोजक सिमरा जीतपुरसिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

जय ट्रफी एलिट कपमा पहिलो शतक हान्ने खेलाडी बने मधेसका मयन यादव

MadhesKhabar

कोसिस गर्दागर्दै अन्तिममा पराजित हुन पुग्यौँ, भविष्यमा राम्रो गर्नेछौँ : कप्तान रोहित पौडेल

MadhesKhabar

Leave a Comment