
वीरगन्ज,६ फागुन : भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खो प्रतियोगिता अन्तर्गत पहिलो खेल जितेको वीरगन्ज महानगरपालिका दोस्रो खेलमा भने पराजित भएको छ ।
शनिबार बिहान भएको पहिलो खेलमा बनेपा नगरपालिकालाई पराजित गर्दै विजयी यात्रा सुरु गरेको वीरगन्ज शनिबार नै भएको दोश्रो खेलमा भक्तपुर ’बी’ संग पराजित भएको हो । भक्तपुर ’बी’ ले वीरगन्जलाई १३–१० को सेटमा पराजित गरेको हो ।
यो जितसंगै भक्तपुर ’बी’ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भक्तपुरले कलैया उपमहानगरपालिकालाई पराजित गरेको थियो ।
अब वीरगन्जले आइतबार कलैयासँग प्रतिष्पर्धा गर्ने छ । वीरगन्जलाई क्वाटरफाइनल प्रवेशका लागि कलैयालाई पराजित गर्नै पर्ने बाध्यता छ । यदि कलैयासँग पराजित भए वीरगन्ज प्रतियोगिताबाट बाहिरिने छ ।

