Madhes Khabar
खेलकुद

इंग्ल्याण्डविरुद्ध भारतको लगातार दाेस्राे जित,राेहित शर्माकाे सानदार शतक

वीरगन्ज,२८माघ: भारतले इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हात पारेको छ।आइतबार राति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो।

इंग्ल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्याे।

भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको सानदार शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ् गरेको इंग्ल्याण्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुदै ३०४ रन बनाएको थियो।

योसँगै भारतले ३ खेलको सिरिज एक खेलअघि नै २–० ले जितेको छ। अब सिरिजको अन्तिम खेल बुधबार हुनेछ।

Related posts

विश्वकप क्रिकेट २०२३ मा अष्ट्रेलियाकाे पहिलो जीत

MadhesKhabar

धनगढीलाई ३-२ गाेलले हराउँदै ललितपुरले जित्याे ७० लाख राशीकाे एनएसएल फुटबलको उपाधि

MadhesKhabar

अनिल साहले सुदूरश्चिमसंगको खेल गुमाउने पक्का,कप्तानीको जिम्मा आसिफलाई

MadhesKhabar

Leave a Comment