Madhes Khabar
खेलकुद

एसियाली खेलकुद: महिला फुटबलमा नेपाल भियतनामसंग पराजित

काठमाडौं,५असाेज:१९ औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार भएको महिला फुटबलको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल भियतनामसंग २-० गोलले पराजित भएको हो ।

खेलकाे पहिलो हाफमा गतिलो प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो हाफमा लय गुमाउदा हार व्यहाेर्न बाध्य भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपाली टोलीले दुबै गोल दोस्रो हाफमा १२ मिनेटको बीचमा खाएको थियो । भियतनामका लागि पहिलो गोल निर्धारित समयको ५३ औँ मिनेटमा फाम हि एनले गरेकी थिइन् ।त्यसपछि निर्धारित समयको ६४ औँ मिनेटमा थुई बिच थी एनग्वेनले भियतनामका लागि दोस्रो गोल थपेकी थिइन्।

नेपालको समूहमा बंगलादेश र जापान पनि छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बंगलादेशसँग खेल्नेछ ।

१९औं एसियाली खेलकुदमा नेपालले फुटबलतर्फ महिला स्पर्धामा मात्र सहभागिता जनाएको छ । नेपालले पुरुष फुटबलमा भाग लिएको छैन । एसियाली खेलकुदको १९ औँ संस्करणको औपचारिक उद्घाटन भने शनिबार हुनेछ ।

Related posts

चीनमा जारी एसियाली खेलकुदमा नेपाले जित्याे पहिलाे पदक

MadhesKhabar

एकदिवसीय विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा

MadhesKhabar

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेलहरु हुने

MadhesKhabar

Leave a Comment