Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जका प्रकाश शर्मा काठमाडौं गोर्खाजको सहायक प्रशिक्षकमा नियुक्त

वीरगन्ज,३मंसिरः वीरगन्जका चर्चित क्रिकेट प्रशिक्षक (कोच) प्रकाश शर्मा नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न लागेको काठमाडौं गोर्खाजको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

राष्ट्रिय क्रिकेट टिमका सहायक प्रशिक्षक समेत रहेका शर्मालाई काठमाडौं गोखार्जले टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । उक्त टिमका प्रमुख प्रशिक्षक भैरहवा निवासी पूर्व राष्ट्रिय खेलाडी बसन्त शाही रहेका छन् । उक्त टिमको कप्तान भने राष्ट्रिय खेलाडी करण केसी रहेका छन् ।

कठमाडौं गोखार्जको सहायक प्रशिक्षकमा नियुक्त शर्मा ,वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका स्थायीबासीन्दा हुन् । उनि मधेस प्रदेश क्रिकेट टिम र पर्सा क्रिकेट संघको सिनियर प्रशिक्षकपनि हुन् । शर्मा हाल वीरगन्ज महानगरपालिकाको खेलकुद विभाग प्रमुखका रुपमा कार्यरत छन् ।

भ्mण्डै दुई दशकदेखि क्रिकेट खेलमा अनवरत रुपमा सकृय शर्माले सन् २०१२ मा काठमाडौंमा कोचिंग कोच लेभल १ र सन् २०१३ मा मलेशीयामा लेभल २ को प्रशिक्षणसमेत लिएका थिए ।विक्रम संवत २०५७ सालमा पाकिस्तानमा भएको यू–१७ एशियाकप क्रिकेटमा शर्माले नेपाली राष्ट्रिय टिमबाट सहभागीता जनाएर उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यहि मंसिर १५ गतेदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाज सहित कूल ८ टिम सहभागी हुदैछन् ।

Related posts

शिखर धवनको टिम कर्णालीको पहिलो जित, चितवन ६ विकेटले पराजित

MadhesKhabar

कलैया गाेलीकाण्ड अपडेट : गाेली लागेका प्रधानाध्यापक सर्राफकाे मृत्यु

MadhesKhabar

कोलकाताका कप्तान श्रेयस ऐयरलाई १९ लाख जरिवाना

MadhesKhabar

Leave a Comment