Madhes Khabar
खेलकुद

पञ्चगावाँ गोल्ड कप फुटबलमा वीरगन्ज युथ एकेडेमीकाे सानदार जीत

वीरगन्ज,१२ जेष्ठ:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका-२ मा जारी तेस्रो पञ्चगावाँ गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत साेमबार भएको खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ।वीरगन्ज युथ एकेडेमीले बाराकाे नगौल युवा क्लबलाई ३–१ गाेलले पराजित गरेको हाे।

पञ्चगावाँ खेल मैदानमा भएको साेमबारकाे खेलमा सुरुवातदेखि नै नगाैल युवा क्लबमाथि हाबी देखिएको वीरगन्ज युथ एकेडेमीले ३-१ काे सहज जीत निकालेकाे हाे।

सखुवा प्रसौनी गाउँपालिकाकाे सहयोगमा न्यु मूनसन युवा स्पोर्ट्स क्लब श्रीपुर पञ्चगावाँले गत शनिबारदेखि आयोजना गरेको प्रतियोगिता जेठ १७ गतेसम्म चल्नेछ।

Related posts

तेस्रो अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित

MadhesKhabar

आसिफ शेख र राेहित पाैडेलले विराट काेहली र राेहित शर्मालाई पछि पारे

MadhesKhabar

नारायणी रंगशालाको प्याराफिटको पुननिर्माण कार्यको गरियो शिलान्यास

MadhesKhabar

Leave a Comment