वीरगन्ज,४ मंसिर : वीरगन्ज नाका हुदैं नेपाल घुम्न आउने भारतीय पर्यटकको सुरक्षा जाँचलाई व्यवस्थित बनाउन वीरगन्ज नाकाको प्रवेशद्धारमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकिकृत सीमा सुरक्षा बीट निर्माण गर्न थालिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शंकरचार्य प्रवेशद्धार नजिकको मितेरी पुल छेउमा एकिकृत सुरक्षा बीट निर्माण गर्न थालिएको हो ।
वीरगन्ज नाका हुदैं नेपाल घुम्न आउने भारतीय पर्यटकका सवारीसाधनलाई नाकादेखि पर्सा जिल्लाको अन्तिम सिमनामा गण्डकसम्म गरी ठाँउठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा चेकजाँच गर्दा भारतीय पर्यटकले हैरानी खेप्पदै आएका थिए ।
त्यसैलाई मध्यनजर गरी अब वीरगन्ज रक्सौल नाकामा नेपलतर्फको मितेरी पुल छेउमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकिकृत सुरक्षाबीट निर्माण गर्न थालिएको हो । बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एकिकृत सुरक्षा बीट निर्माणको शिलान्यास गरेका हुन् ।
वीरगन्ज महानगरपालिका कार्यालय , ग्रिनसीटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा एकिकृत सुरक्षा बीटको भौतिक संरचना निर्माण गर्न थालिएको पर्साका प्रहरी उपरीक्षक सदीपराज पाठकले बताए ।
हाल नेपाल प्रवेश गर्ने भारतीय सवारी सधानलाई नाकादेखि पर्सा जिल्लाको अन्तिम सिमनासम्म ठाँउ ठाँउमा तैनान नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच गर्दै आएका कारण पर्यटकलाई हैरानी हुदैं आएको जनगुनासोलाई सम्बोधन गर्न नाकामा एकिकृत सुरक्षा बीट निर्माण गर्न लागिएको उनले बताए ।
उनका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगै कार्यरत रहने एकिकृत सुरक्षा बीटमा सुरक्षाकर्मीले चेकजाँच गरेका भन्सार इन्ट्री भएका भारतीय सवारी साधनलाई विशेष सुचना बाहेक पर्सा जिल्लाभरमा अन्त कहिपनि सुरक्षाकर्मीले चेकजाँच नगर्ने बताए ।
यसले भारतबाट घुम्न आउने भारतीय पर्यटकलाई सुरक्षा चेकजाँचको अनावश्यक हैरानी खेप्न नपर्ने उनले बताए ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन वीरगन्जका मेयर सिंहले वीरगन्ज नाकामा एकिकृत सुरक्षा बिट निर्माणले नेपाल आउने भारतीय पर्यटकलाई धेरै सहज हुने बताए । साथै नाकाबाट हुने अवैध क्रियाकलाप नियन्त्रण, सुरक्षा संयन्त्रको प्रभावकारिता वृद्धि तथा स्थानीयबासीको सुरक्षा सुनिश्चिततामा समेत टेवा पुग्ने उनले बताए।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा बिहीबार भएको शिलान्यास कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरक्षिक युवराज कटवाल , वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत डिएस मीना लगायतकाकोपनि उपस्थिती थियो ।

