Madhes Khabar
शिक्षा हेडलाइन

परीक्षामा कडाइ गरेकाे भन्दै विद्यार्थीले हरिखेतान क्याम्पसमा गरे ताेडफाेड

वीरगन्ज,१६बैशाख:वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा आइतबार तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् ।

परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन्।

विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोस्ने, मानसिक यातना दिने जस्ता गतिविधि गरेर हैरान गरेका थिए ।

‘पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक दुःख दिने होइन,’ प्रदर्शनमा सहभागी एक विद्यार्थीले भने, ‘तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना काम दुःख दिइरहेका थिए । झरेको पेन उठाउँदा समेत उत्तर पुस्तिका खोसेर निष्कासित गर्ने धम्की दिइरहेका थिए ।’

परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमा विरोध गर्दै ढुङ्गामुढा समेत प्रहार गरेका थिए । ढुङ्गामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर, मोटरसाइकललगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थित तनावग्रस्त बन्दै गएपछि नियन्त्रणमा लिन त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बाेगटीले बताए ।साभार:यात्रा डेली

Related posts

शिक्षालाई राजनीतिकरण नगर्न मेयर सिंहकोे आग्रह

MadhesKhabar

उपेन्द्र यादवलाई रोक्न सिके राउत आफैं चुनावी कमाण्डर बनेर मैदानमा

MadhesKhabar

भारतीय पक्षले गण्डक नहरमा पानी नदिदाँ पर्सा–बारामा रोपाईं प्रभावित

MadhesKhabar

Leave a Comment