Madhes Khabar
राजनीति

चुनावमा अन्तर्घात गर्नेहरुको नाम केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

वीरगन्ज,१८ मंसिर : नेपाली कांग्रेसले मंसिर ४ को निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा १५ पुसभित्र नाम पठाउन आग्रह गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरी माथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो ।

यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।

Related posts

परवानीपुरमा काँग्रेस र एमाले बिच तालमेल ,कार्यपालिका सदस्यमा ६ जना निर्वाचित

MadhesKhabar

दिल्ली पुगेर सिके राउतले भेटे भाजपाका नेतालाई

MadhesKhabar

शपथपछि उपेन्द्र यादवले भने : सरकारमा बाँकी मन्त्री छिट्टै पठाउँछौं

MadhesKhabar

Leave a Comment