Madhes Khabar
राजनीति

बारा–३ का रास्वपा उम्मेदवार साहको चुनावी एजेन्डा : कृषि, रोजगारी र पूर्वाधार विकास

बारा, ७ फागुन :कृषि उत्पादनको लागत घटाउने, रोजगारीका अवसर बढाउने र संघीय बजेटमार्फत स्थानीय पूर्वाधार विस्तार गर्ने मुद्दालाई केन्द्रमा राख्दै बारा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले आज विभिन्न क्षेत्रमा घरदैलो गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार साहले कलैया उपमहानगरपालिका वडा नम्बर २४ सखुई परास तथा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ को मनहर्वा उचिडी क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

त्यस क्षेत्रका मतदातासँग भेटघाट गर्दै उनले कृषि, रोजगारी र पूर्वाधार विकासलाई संसदबाट नीतिगत रूपमा अघि बढाउने बताए। “किसानको लागत घटाउने नीति, उत्पादनको बजार सुनिश्चितता र युवालाई स्थानीय स्तरमै अवसर सिर्जना गर्ने काम संघीय तहबाटै सम्भव हुन्छ,” उनले भने।

सखुई परासमा किसानसँग संवाद गर्दै उनले मल–बिउ आपूर्ति प्रणाली सुधार, सिचाइ विस्तार र कृषि बजारीकरणलाई व्यवस्थित बनाउने विषयमा पहल गर्ने बताए। मनहर्वा उचिडी क्षेत्रमा युवासँग छलफल गर्दै उनले सीपमूलक तालिम, साना उद्यम प्रवद्र्धन र डिजिटल अवसर विस्तारमार्फत वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्ने धारणा राखे।

घरदैलोका क्रममा साहले संघीय सांसदको भूमिका नीति निर्माण, बजेट सुनिश्चितता र कार्यान्वयनको निगरानीमा केन्द्रित हुने उल्लेख गर्दै क्षेत्रका दीर्घकालीन विकास योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले मतदातासँग घण्टी छापमा मतदान गर्न आग्रह गर्दै जनताको आवाज संसदमा सशक्त रूपमा उठाउने बताए।

Related posts

जसपाका केन्द्रीय सदस्य सिंहसहित २५० नेताकार्यकर्ता कांग्रेसमा प्रवेश

MadhesKhabar

असाेज ३ : मधेसका लागि कालाे दिन भन्दै वीरगन्जमा लाेसपाकाे विराेध प्रदर्शन

MadhesKhabar

वीरगन्ज–१९ बिन्दवासिनीमा पुग्दा कांग्रेस उम्मेदवार अजय चौरसियालाई भव्य स्वागत

MadhesKhabar

Leave a Comment