Madhes Khabar
राजनीति

निलम्बित सांसद हरिनारायण भन्छन् : ओलीको इशारामा अख्तियारले मलाइ फसाँएको हो

माधुरी महतो
वीरगन्ज,२७ असार : पर्सा क्षेत्र नम्बर ३ का निलम्बित प्रतिनिधीसभा सदस्य (सांसद) हरिनारायण रौनीयारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्तारुढ दल र प्रधानमन्त्रीको इशारामा चल्ने निकाय भएको आरोप लगाएका छन् ।

वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर पप्पु कन्ट्रक्सनका पुर्व सन्चालक समेत रहेका रौनीयारले भने,‘अख्तियार जसको सत्ता हुन्छ र जो प्रधानमन्त्री हुन्छ उसकै इशारामा नाच्छ ।उनले थपे ,‘ अख्तियार भनेको सत्तारुढ दलको सुदर्शनचक्र पनि हो , जो सत्ताधारीको विपक्षमा हुन्छ सत्ताधारीले उसको गर्दनमा यहि अख्तियारको सुदर्शनचक्र चलाएर राजनीतिक हत्या गर्छ ।

बर्दियाको पुल निमर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर भएपछि संसद पदबाट निलम्बनमा परेका रौनीयारले तत्कालीन प्रधानमन्त्री केपी ओलीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले आफु माथि झुठा मुद्धा दर्ता गरेर फसाएको आरोप लगाए ।

पर्सा क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवारलाइ पराजित गरि आफृुले निर्वाचन जितेकोले त्यसकै रिसबी साँध्न तत्कालीन प्रम ओलीले आफुलाइ अख्तियार लगाएर फसाएको रौनीयारको आरोप छ ।

पप्पु कन्ट्रक्सनले निर्माण गरेको पुलमा त्रुटी भेटिए पनि आफु त्यसमा दोषी नै नरहेको उनको जिकिर छ ।रौनीयारले भने ,‘ २०७२ सालमै मैले पप्पु कन्ट्रक्सनको अध्यक्ष्बाट राजीनामा दिएर २०७३ मा तत्कालीन संघीय समाजवादी फोरम मा प्रवेश गरि २०७४ मा  चुनाव लडे , एमालेलाइ हराउदै चुनाव जिते , तर अख्तियारले म संलग्न हुदै नभएको कम्पनिको त्रुटीमा म माथि मुद्धा दायर गरयो ।

पप्पु कन्ट्रक्सनको सन्चालक आफनो छोरा सुमित रौनीयार रहेपनि उक्त निर्माण कम्पनिमा २०७२ पछि आफनो कुनै आबद्धता र संलग्नता नरहेको रौनीयारले बताए ।चुनाव जितेको ६ महिना नबित्दै बिना कसुर आफु विरुद्ध भ्रष्टचारको मुद्धा दर्ता गरि सांसद पदबाट निलम्बित गरेपछि न्यायका लागि आफुले हरेक दलका शीर्ष नेता , सभामुख र प्रधानमन्त्रीहरुलाइ पटक पटक गुहारे पनि कसैले सुनुवाइ नगरेको गुनासो उनको छ ।

आफनै दल जनता समाजवादी पार्टी (जसपा) र अध्यक्ष उपेन्द्र यादवले पनि कुनै सहयोग नगरेको रौनीयारले बताए ।

पछिल्लो पटक एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला जसपा फुटाउने चलखेल हुदा ओली र आफनै दलका केहि नेताले ५ करोड रुपैया र आफु माथि लागेको भ्रष्टचारको मुद्धा फिर्ता गराइ दिने प्रलोभन दिएको खुलाशा पनि उनले गरे ।

अहिलेको संविधान र अख्तियारको भ्रष्टचार ऐन एक आपसमा बाझिएको भएपनि ऐन संशोधन नगरिदा आफु त्यसको सिकार बन्न पुगेको पनि उनले बताए ।मूलधारका केहि मिडियाले पनि अतिरन्जित समाचार लेखि दिएका कारण त्यसले पनि आफु अप्ठ्यारोमा परेको उनले सुनाए ।

उनले प्रश्न गर्दै भने ,‘ पप्पुले बनाएको बाहेक यो देशमा अरु १३३ वटा पुल बनाउदा बनाउदै भासिएका छन् तर कति वटा ठेकेदारलाइ कार्वाही भयो ? खोइ त मिडियाले लेखेको ? म माथि नै किन यति धेरै पूर्वाग्राही बनेको ? यो देख्दा अच्चम लाग्छ , दुखी पनि हुन्छु ।

राजनीतिक पुर्वाग्रहको शिकार बनाएर आफुलाइ चार वर्ष सम्म सांसद पदबाट निलम्बित राखिएको बताउदै उनले भने ,‘ यो चार वर्ष म कुन स्थितीबाट गुज्रिए त्यसको अहिले कल्पना पनि गर्न सक्दिन , तर अब म ठिक भइसकेको छु , मेरो क्षेत्रका जनता सदैव मेरो साथमा छन् ।

 

अहिलेको विद्यमान निर्वाचन नियमावलीले निर्वाचन लड्न कुनै बाधा अवरोध नगरेको जनाउदै उनले भने ,‘ तर अब म आगामी चुनाव लड्छु कि लड्दीन यस बारेमा केहि समय पछि भन्नेछु ।

Related posts

ठाेरीकाे रास्वपा सभापतिमा माधब बस्नेत

MadhesKhabar

बारामा एमाले पहिलो , काँग्रेस दोश्रो र जसपा तेश्रो दल

MadhesKhabar

मधेसमा ७ दलकाे धर्ना जारी: मुख्यमन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने अडान कायमै

MadhesKhabar

Leave a Comment