Madhes Khabar
राजनीति

ठाेरीकाे रास्वपा सभापतिमा माधब बस्नेत

वीरगन्ज,१५असार:पर्साकाे ठाेरीमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पालिका स्तरीय भेला सम्पन्न भएकाे छ।भेलाले माधब बस्नेतकाे सभापतित्वमा ११ सदस्यीय पालिका समिति गठन गरेकाे छ।बस्नेत होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य र होटल तथा पर्यटन व्यवसायी संघ पर्साका महासचिव समेत हुन्।

समितिकाे उपसभापति रामशरण लमिछाने,सचिवमा धन बहादुर श्रेष्ठ र काेषाध्यक्षमा रमा श्रेष्ठ रहेका छन्। यस्तै सदस्यमा प्रवेश बस्नेत, भुवन बुढाथोकी, तारा बहादुर श्रेष्ठ, पदम श्रेष्ठ, कालमान लोप्चन, भक्त कुमारी पण्डित र उदयलाल कायस्थ रहेका छन्।

पर्सा क्षेत्र नम्बर ४ का रास्वपाका सभापति जितेन्द्र मिश्रको सभापतित्व तथा केन्द्रीय सदस्य डाक्टर नन्दन यादवकाे प्रमुख आतिथ्यतामा आयाेजित भेलालाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य यादवले रास्वपाप्रतिको बढ्दो जनलहरले विपक्षी दलहरू अत्तालिएको बताए। रास्वपाले प्रारम्भिक अवस्थामै प्राप्त गरेको जनविश्वास अकल्पनीय रहेको धारणा उनले राखे।उनले अब देखि पार्टीको कार्यक्रममा खादा ,माला र ब्याच प्रयोग नगर्न आग्रह गरे ।

रास्वपा पर्सा जिल्ला संयोजक हरि पन्तले युवाहरुलाई राजनीतिमा आउन आग्रह गरे।प्रमोद रायमाझीले सहजीकरण गरेको कार्यक्रममा पार्टीको अभियान तथा प्रचार प्रसार विभाग प्रमुख राम सरार्फ ,उप संयोजक तुलशा पौडेल,पूर्वसंयोजक दिलिप कुर्मी,प्रदेश सदस्य सुदिश प्रजापती,पुरुषाेत्तमदेव उपाध्याय ,कामोध्या चौधरी,रामआर्य , कृष्ण पास्वान, सन्दीप पुरी,क्षेत्रीय सभापति फैयाद मिया , शिक्षा विभाग उपप्रमुख सोनालाल पटेल लागायतकोपनि सहभागीता थियो ।

Related posts

सबै भन्दा कान्छा उम्मेदवार अनुज भन्छन् – भ्रष्टचार अन्त्य गर्नु नै मेरो पहिलो प्राथमिकता

MadhesKhabar

पर्सामा कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष यादवसहित सयौं जना जसपामा प्रवेश

MadhesKhabar

हालसम्म ८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध, पहिलो स्थानमा अनेरास्ववियु,दोस्रो स्थानमा नेविसंघ

MadhesKhabar

Leave a Comment