Madhes Khabar
राजनीति

पर्सामा कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष यादवसहित सयौं जना जसपामा प्रवेश

वीरगन्ज,१७कार्तिक :पर्सामा नेपाली कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष सहित सयौं जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।पर्सागढी नगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष किशुनदेव यादवसहित एक सय भन्दा बढी जसपामा प्रवेश गरेका हुन् ।

शुक्रबार पर्सागढी ८ मा जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री तथा सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पूर्व वडाध्यक्ष यादवसहितका नवप्रवेशीलाई अबीर टिका लगाएर पार्टीमा स्वागत गरे ।

पूर्वमन्त्री तथा जसपाका प्रमुख सचेतक यादवको प्रमुख आतिथ्यता एंव वीरगन्जका मेयर सिंहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जसपाका जिल्ला जिल्ला अध्यक्ष तथा बहुदरामाई नगरपालिकाका मेयर सिंगासन साह तेली , जसपाका जिल्ला सचिव उमेशलाल सहनी ,वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव , नेता प्रेमबाबु पटेल , पर्सागढी नगरपालिकाका वडाध्यक्ष रामबढाई यादव , गाँउकार्यपालिका सदस्य असलम आलम लगाय लगायतकोपनि सहभागीता थियो ।

कार्यक्रमको अध्यक्षता जसपाका पर्सागढी नगर अध्यक्ष खुर्शीद आलमले गरेको जसपाका नेता भुषण यादवले जानकारी दिए ।

 

Related posts

मधेसकाे मुख्यमन्त्री नियुक्ति विवाद: सर्वाेच्चले छलफलका लागि बाेलायाे दुवै पक्षलाई

MadhesKhabar

राष्ट्रिय झन्डा फाल्ने कांग्रेस सांसदलाई कारबाही होस् : रास्वपा

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि

MadhesKhabar

Leave a Comment