Madhes Khabar
राजनीति

पूर्व प्रहरी निरीक्षक कुशवाहा जसपामा प्रवेश

विरगन्ज,११ माघ : पर्साकाे छिपहरमाई गाउँपालिका वडा नंबर ५ का स्थायीवासी तथा पूर्व प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

वीरगन्जमा शुक्रबार आयाेजित कार्यक्रममा जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले कुशवाहालाई पार्टी प्रवेश गराएको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिए।

पूर्व प्रहरी निरीक्षक कुशवाहालाई प्रवेश गराउन पाएकोमा आफु निकै खुशी भएको मन्त्री यादवले बताए।

त्यसअवसरमा जसपाका महासचिव इस्तियाक राइन,केन्द्रीय सदस्य माेहनलाल चाैधरी,जसपाका नेताहरु पुरुषाेत्तमलाल झा,तबरेज अहमद,मुकेश द्विवेदी,शिवजी साेनी,पल्टन कुर्मी लगायतकाकाे सहभागीता थियाे।

Related posts

बिश्रामपुरमा जसपा–एमालेको सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

वीरगन्जमा सानोपाइला सहकारीको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको हो : रवि लामिछाने

MadhesKhabar

पर्सामा विभिन्न दल त्यागेर ६०० कार्यकर्ता जनमत पार्टीमा प्रवेश,मुख्यमन्त्री सिंहले गरे स्वागत

MadhesKhabar

Leave a Comment