Madhes Khabar
राजनीति हेडलाइन

बिश्रामपुरमा जसपा–एमालेको सम्पर्क कार्यालय उद्घाटन

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुरमा जसपा–एमालेको चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर विश्रामपुरमा जसपा– एमाले गठबन्धनको संयुक्त चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको हो । सोमबार बिहान पर्सा क्षेत्र नम्बर ३ का जसपा–एमााले गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राज कुमार पुग्ताले रिबन काटेर कार्यालयको उद्घाटन गरेको एमालेका नेता शिव पटेलले जानकारी दिए ।

त्यस अवसरमा जसपा–एमाले गठबन्धनबाट प्रदेशसभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी , पर्सा क्षेत्र नम्बर ३ का निबर्तमान प्रतिनिधिसभा सदस्य हरि नारायण रौनियार लगायतको उपस्थिति थियो ।

Related posts

पर्सा प्रहरीको तथ्यांक : वीरगन्ज नाकामा घट्यो लागू औषध ओसार पसारको कारोबार

MadhesKhabar

मुख्यमन्त्री नियुक्तिको विरोधमा ७४ सांसदको हस्ताक्षरसहित अदालतमा रिट दिने ७ दलको निर्णय

MadhesKhabar

वीरगन्जबाट मूर्ती सेलाउन गएको जिप दुर्घटना : १ को मृत्यु , ६ घाइते

MadhesKhabar

Leave a Comment