Madhes Khabar
राजनीति

वीरगन्जको मेयरमा १८ जना उम्मेदवार , उपमेयरमा काँग्रेसबाट इम्तियाज आलम

महानगरको मेयरमा उम्मेदवारी दिएका एमालेका विजय सरावगी (बायाँ) , राप्रपाका गिरिश गिरी (बिचमा) र जसपाका राजेशमान सिंह (दायाँ )।

क्रान्ति शाह
वीरगन्ज,१२ बैशाख
: मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा सोमवार अपरान्ह साढे ४ बजे सम्म निवर्तमान मेयर सहित १८ जनाले उम्मेदवारी दिएका छन् ।
डेढ महिना पहिले मात्रै जनता समाजवादी पार्टी (जसपा) छाडेर नेकपा एमाले प्रवेश गरेका निवर्तमान मेयर विजय कुमार सरावगीले सोमवार एमालेका तर्फबाट उम्मेदवारी दिएका हुन् ।
सरावगी , २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट मेयरमा निर्वाचित भएका थिए । तर पार्टी भित्रैबाट असहयोग भएको भन्दै सरावगीले फागुन २८ गते जसपा त्यागेर एमालेमा प्रवेश गरेका थिए । वीरगन्ज महानगरमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिच चुनावी तालमेल गरिएको छ ।


महानगरको मेयरमा सत्तागठबन्धनबाट जसपाका राजेशमान सिंहले उम्मेदवारी दिएका छन् ।
२०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरको उम्मेदवार बनेका सिंहले तेश्रो स्थानको मत ल्याएका थिए । उनि डेढ महिना पहिले मात्रै लोसपा त्यागेर जसपामा प्रवेश गरेका हुन् ।सोमबार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव , मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पर्साका सांसद प्रदीप यादवका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले मेयरमा मनोनयन दर्ता गराएका हुन् ।


महानगरको मेयरमै राप्रपाबाट पत्रकार गिरिश गिरीले सोमवार उम्मेदवारी दर्ता गराएका छन् ।
वीरगन्जका पूर्वमेयर स्वर्गीय गोपाल गिरीका छोरा गिरिशलाइ राप्रपाले मेयरको उम्मेद्वार बनाएको हो ।


महानगरको मेयरमा नेपाल सद्भावना पार्टीबाट विजय कुमार रौनियार, नेपाल मजदुर किसान पार्टीबाट गोकर्ण प्रसाद कोइरीको पनि उम्मेदवारी परेको छ । मेयरमा स्वतन्त्रबाट प्रभात सिँह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिँह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल , सन्जिव कुमार यादव, कैलाश प्रसाद सर्राफ, . राधेश्याम साह र राजेश सिँहले पनि उम्मेदवारी दिएका छन् ।
उपमेयरमा २ स्वतन्त्र सहित ५ जनाको उम्मेदवारी दर्ता
वीरगन्जको उपमेयरमा भने २ स्वतन्त्र सहित ५ जनाको उम्मेदवारी परेको छ ।
एमाले र लोसपाको गठबन्धनबाट लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन् । यी दुइ दल बिच भएको चुनावी तालमेलमा मेयर एमालेलाइ र उपमेयर लोसपाले पाउने सहमति गरिएको थियो ।
महानगरको उपमेयरमा सत्तागठबन्धनका तर्फबाट नेपाली काँग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दिएका छन् । सत्तागठबन्धनको चुनावी तालमेलमा वीरगन्ज महानगरको मेयर जसपालाइ र उपमेयर काँग्रेसलाइ दिने सहमति गरिएको थियो ।
महानगरको उपमेयरमै राप्रपाका तर्फबाट विणा देवीको पनि उम्मेदवारी परेको छ ।
उपमेयरमै लोसपा नेतृ रम्भा मिश्राले भने स्वतन्त्र उम्मेदवारी दिएकी छन् । एमाले र लोसपा बिच भएको चुनावी तालमेल प्रति असन्तुष्टि जनाउदै लोसपाकी नेतृ रम्भा मिश्राले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।
वीरगन्ज महानगरमा मेयर र उपमेयर पदमा दलहरु बिच दुइ छुटटा छुट्टै गठबन्धन भएपनि वडाहरुमा भने दलहरु बिच चुनावी तालमेल हुन सकेन ।
महानगरका ३२ वटै वडामा वडा अध्यक्ष र सदस्य पदमा हरेक दलहरुले छुटटा छुटटै उम्मेदवारी दिएका छन् ।

Related posts

मूलधारका मिडियाले मधेससंग अहिलेपनि विभेद गरिरहेका छन् : सांसद यादव

MadhesKhabar

बजेट ल्याइएको हाेइन , लुटिएको हाे : सिके राउत

MadhesKhabar

जसपालाइ फुटाएर संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: मुख्यमन्त्री राउत

MadhesKhabar

Leave a Comment