Madhes Khabar
राजनीति हेडलाइन

पर्साबाट तेस्रो पटक मन्त्री बन्ने पहिलो सांसद प्रदीप यादव

फाइल तस्बिर ।

वीरगन्ज,३१असारःप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नवगठित मन्त्रिपरिषदमा प्रतिनिधीसभा सदस्य (सांसद ) प्रदीप यादव खानेपानीमन्त्री बनेका छन् । पर्सा क्षेत्र नम्बर १ बाट लगातार दोश्रो पटक सांसदमा निर्वाचित यादव तेश्रो पटक मन्त्री बन्न सफल भएका छन् ।पर्सा जिल्लाबाट तेश्रो पटक मन्त्री बन्ने उनि पहिलो सांसदपनि बनेका छन् । यसअघि पर्साबाट कोहिपनि सांसद तीन पटकसम्म मन्त्री बन्न सकेका छैनन् ।

जसपाका केन्द्रिय उपमहासचिवसमेत रहेका यादव यसअघिको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्य मन्त्री थिए ।गत बैशाख २३ गते जसपा नेपाल फुटेर जसपा बनेपछि उनी बैशाख ३१ गते स्वास्थ्यमन्त्री बनेका थिए । पछिल्लो समय कांग्रेस र एमालेबीचको नयाँ सत्तासमिकरण बनेपछि जसपाले यसअघिको प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै यादवले असार २१ गते स्वास्थ्यमन्त्रीबाट राजिनामा दिएका थिए ।

त्यसअघि २०७९ मा उनी चार महिना वन तथा वातावरण मन्त्री बनेका थिए।तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा यादव २०७९ असार २० गते वनमन्त्रीमा नियुक्त भएका थिए ।

Related posts

पर्सा १ का काँग्रेस नेता कार्यकर्ता भन्छन् : कर्ण नै हाम्रा उम्मेदवार हुन्, जसरी पनि जिताउछौं

MadhesKhabar

रवि लामिछाने तत्काल नछुट्ने,अदालतबाट फेरि ७ दिनको म्याद थप

MadhesKhabar

याैनजन्य गतिविधिमा संलग्न रहेकाे आशंकामा वीरगन्जबाट २९ जना पक्राउ

MadhesKhabar

Leave a Comment