Madhes Khabar
स्थानिय

सरकारले नीति र बजेट बनाउँदा वीरगन्जसंग बेइमानी गर्दै आएको छ : सांसद यादव

वीरगन्ज,२४चैतःजनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले वीरगन्जको औद्योगिक विकासका लागि औद्योगिक प्याकेज दिन जरुरी रहेको बताएका छन् । वीरगन्जमा शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको पहिलो सत्र ’उद्योग र व्यापार खोइ पूर्वाधार ?’ मा बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले वीरगन्ज र देशकै उद्योग व्यापार क्षेत्रमा बादल छाएकाले सरकारले आर्थिक प्याकेज ल्याउनु पर्ने बताए ।

‘अहिले उद्योग र व्यापारमा बादल छाएको छ । संकटबाट निकास निकाल्नु पर्छ,’ उनले भने, ‘ वीरगन्ज औद्योगिक नगरी हो, व्यापारी नगरी हो । तर, वीरगन्जको नीति बनाउँदा आर्थिक प्याकेजको नीति बनाइएको छैन । त्यसकारण अहिलेको अवस्थामा आर्थिक प्याकेज जरुरी छ ।’

सरकारले नीति बनाउँदा सरोकारवालासँग नाम मात्रको कुृरा गर्ने तर कार्यान्वयन नगर्दा समस्या भएको उनले बताए । त्यस्तै, बनेका नीतिहरु केही ब्यक्तिले कब्जा गरेकै कारण उद्योग व्यापार धरासय अवस्थामा पुगेको उनले बताए ।

‘सरकारले व्यापार गर्न वीरगन्जमा सुख्खा बन्दरगाह र एकीकृत चाँज चौकी बन्यो । खराब हावा, धुलो धुवाँ र प्रदुषण हामी खान्छ्रौ, बजेट सरकारले खाएको छ । तर, वीरगन्जलाई आर्थिक प्याकेज र राष्ट्रिय गौरवका आयोजना किन दिइएन ?,’ उनले भने, ‘नीति बनाउँदा वीरगन्जलाई बेइमान, खराबको दृष्टिकोणले हेरियो । बजेट कम दियो महानगरमा बजेट काटिएको छ ।साभार : इकान्तिपुरबाट

Related posts

वीरगन्जको पानीटङ्कीस्थित एक घरबाट लाखाैंकाे मालसामान चाेरी

MadhesKhabar

पर्सामा केहि समय रोकिएको गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान एसपी पाठक आएपछि फेरि सुरु

MadhesKhabar

मलंगवा घटनाकाे विराेधमा वीरगन्ज बजार दिनभर बन्द

MadhesKhabar

Leave a Comment