Madhes Khabar
स्थानिय

वीरगन्जका पत्रकार नरेश सर्राफको अल्प आयुमै निधन

मधेसखबर
वीरगन्ज, १५ मंसिर : वीरगन्जका पत्रकार नरेश सर्राफको अल्प आयुमै निधन भएको छ । ३८ वर्षिय सर्राफको बिहीबार बिहान हृदयघातबाट मृत्यु भएको हो ।

बिहीबार बिहान मर्निङ वाक सकेर वीरगन्ज १६ नगवा स्थित आफै घरमा सामान्य व्ययाम गर्ने क्रममा सर्राफ अचेत भएर लडेका थिए । परिवारका सदस्यले तुरुन्तै नारायणी अस्पतालमा लगेपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

झण्डै डेढ दशक देखि वीरगन्जमा रहेर पत्रकारिता गर्दै आएका सर्राफ , नेपाल पत्रकार महासंघ पर्सा शाखाका जिल्ला कार्य समिति सदस्य पनि थिए ।सगरमाथा टेलिभिजनका पर्सा संवाददाता रहेका सर्राफ , राष्ट्र सन्देश मिडिया प्रालिका अध्यक्ष पनि थिए ।

Related posts

पर्सामा रहेकाे सबैया साझेदारी वन अतिक्रमणमा

MadhesKhabar

वीरगन्जमा भइरहेको अघोषित लोडसेडिङ नहटाए आन्दोलनमा उत्रिने रास्वपाको चेतावनी

MadhesKhabar

कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त ६ महिनापछि पक्राउ

MadhesKhabar

Leave a Comment