Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा भइरहेको अघोषित लोडसेडिङ नहटाए आन्दोलनमा उत्रिने रास्वपाको चेतावनी

वीरगन्ज,२७बैशाख :राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले वीरगन्ज र यसआसपासका क्षेत्रमा विद्युत आपूर्तीमा भइरहेको समस्या तत्काल समधान नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

गर्मी सुरु भएसंगै वीरगन्ज र यस आसपासको क्षेत्रमा पटक पटक बिजुलीको लाइन कट्ने समस्याले यहाँको जनजिवन नै कष्टकर बनेको छ । प्रचण्ड गर्मीले जनजिवन नै अस्तव्यस्त बनिरहेका बेला छिन्छिन्मा बिजुलीको लाइनपनि कट्ने गरेका कारण स्थानीय थप आजित बनेका छन् ।

रास्वपाको पर्सा क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुले बिहीबार नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै विद्युत आपूर्तीमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका हुन्।

रास्वपाका क्षेत्रीय सभापति शोएब अनवरले विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेलाई चेतावनीसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।गर्मीका कारण आजित बनेका वीरगन्जबासी विद्युत प्राधिकरणको अघोषित लोडसेडिङले थप पिडामा पर्नुका साथै उद्योगहरुपनि संकटमा परेको भन्दै रास्वपाले विद्युत आपूर्तीमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेको हो । यदि विद्युत आपूर्तीमा देखिएको अघोषित लोडसेडिङको समस्या तत्काल समाधान नगरिए प्राधिकरण विरुद्ध रास्वपा आन्दोलनमा उत्रिने चेतावनीपनि दिइएको रास्वपाका युवा नेता महादेव प्रसाद कुर्मीले बताए ।

विद्युत प्राधिकरणमा ध्यानाकर्षण पत्र बुझाउन गएको टोलीमा रास्वपाका मधेस प्रदेश सदस्य मुकेश कुमार कुर्मी,शिक्षा विभाग उपप्रमुख सोनालाल पटेल,सन्चार विभागका सदस्य प्रभात चौरसिया,खेलकुद विभाग सदस्य पुन्देश्वर यादव,नेताहरु दीपराज कुर्मी,राम आर्य, प्रकाश साह,राजनन्दन कलवार,उमेश साह,कृष्ण पासावान लगायतकोपनि सहभागीता थियो ।

Related posts

आधाभारमा भएकाे सवारी दुर्घटनाका मृतक र घाइतेहरुकाे पहिचान खुल्याे

MadhesKhabar

वीरगन्जका सरकारी कार्यालयहरुमा बेथिती र भ्रष्टचार नरोकिए आन्दोलन गर्ने एमालेको चेतावनी

MadhesKhabar

पर्सामा माघ ९ र १० गते बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने

MadhesKhabar

Leave a Comment