Madhes Khabar
स्वास्थ्य

वीरगन्ज हेल्थ केयर हस्पिटलका डाक्टर अन्सारीलाई मेडिकल काउन्सिलले दियो सफाई

मधेसखबर
वीरगन्ज,७ बैशाख : वीरगन्ज हेल्थ केयर हस्पिटलमा कार्यरत वरिष्ठ सर्जन डाक्टर आसिफ अन्सारीलाई नेपाल मेडिकल काउन्सिलले सफाइ दिएको छ ।

अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनामा मृतक बिरामीका आफन्तले डाक्टर अन्सारी विरुद्ध मेडिकल काउन्सिलमा उजुरी दिएका थिए । त्यहि उजुरीका आधारमा आवश्यक छानबिन गरेको मेडिकल काउन्सिलले डाक्टर अन्सारीको लापरवाही नदेखिएको भन्दै उनलाई सफाइ दिएको हो ।

वीरगन्ज हेल्थ्केयर हस्पिटलमा भर्ना भएका पर्साको जगरनाथपुर गाँउपालिकाका ३२ वर्षिय फिरोज मियाँको गत साउन २७ गते पत्थरीको शल्यकृया गर्ने क्रममा अत्याधिक रक्तश्राव भएपछि साउन २८ गते पुन दोश्रोपटक शल्यकृया गरिएको थियो । त्यसपछि पनि रक्तश्राव नरोकिएपछि वीरगन्ज हेल्थकेयर हस्पिटलले बिरामी मियाँलाई आफै हेलिकप्टर बोलाएर काठमाडौंको मेडासिटि अस्पतालमा रिफर गरि पठाइदिएको थियो । त्यहि उपचारका क्रममा उनको भदौ ५ गते मृत्यु भएको थियो ।

त्यसपछि मृतक मियाँका आफन्तहरुले वीरगन्ज हेल्थकेयर हस्पिटलमै शल्यकृयाका क्रममा डाक्टर अन्सारीले लापरवाही गरेको आरोप लगाउदै वीरगन्जमा केहि दिन लगातार प्रदर्शन पनि गरेका थिए । यसैक्रममा मृतक मियाँका आफन्त मन्ताज मियाँ जोलाहाले डाक्टर अन्सारी विरुद्ध गत भदौं २९ गते उजुरी दिएका थिए ।

त्यहि उजुरीमा छानबिन गर्दा आवश्यक कागजात र विज्ञहरुको रायका आधारमा नेपाल मेडिकल काउन्सिल व्यवसायिक आचरण तथा स्वास्थ्य समितिले बैशाख ५ गते उक्त घटनामा डाक्टर अन्सारीबाट लापरवाही नगरिएको पुष्टि भएको निर्णय गर्दै डाक्टर अन्सारीलाई सफाई दिएको वीरगन्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष डाक्टर अबुल हैस अन्सारीले जानकारी दिए ।

काउन्सिलको यो निर्णयले अस्पताल र डाक्टर अन्सारीमाथि तथ्यहिन आरोप लगाउनेहरुको चरित्र उदाङगीएको डाक्टर अन्सारीले प्रतिक्रिया दिएका छन् ।

Related posts

गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेको शिविरबाट ८ सयबढी बालबालिका लाभान्वीत

MadhesKhabar

डेंगी रोकथामका लागि स्वास्थ्य कार्यालयले वीरगन्ज महानगरलाई दियो १३ लाखको विषादी र ट्यांकी

MadhesKhabar

वीरगन्जमा साहिब दरबारले आयाेजना गरेकाे शिविरबाट ३४१ विद्यार्थी लाभान्वित

MadhesKhabar

Leave a Comment