
वीरगन्ज,३०असाेज:विश्व दृष्टि दिवसकाे अवसरमा बुधबार वीरगन्जमा नेपाल नेत्र ज्योती संघ पर्साले आयाेजना गरेकाे नि:शुल्क आँखा परीक्षण शिविरबाट १ सय १३ जना लाभान्वित भएका छन्।
वीरगन्ज-१३ तेजारथ टाेलस्थित वीरगन्ज सिटी क्लिनिकमा आयोजित शिविरमा महिला र पुरुष गरि १ सय १३ जनाकाे आँखा जाँच गरिएको हाे।तीमध्ये ४९ जनामा माेतियाबिन्दुकाे समस्या भेटिएको र उनिहरुकाे केडिया आँखा अस्पतालमा नि:शुल्क शल्यक्रिया गरिने नेपाल नेत्र ज्योती संघ पर्साका अध्यक्ष भगवती प्रसाद चौधरीले जानकारी दिए।
चाैधरीकै अध्यक्षता तथा संघका पूर्व अध्यक्ष श्याम पोखरेलको प्रमुख आतिथ्यतामा भएको नि:शुल्क शिविरमा नेपाल रेडक्रस साेसाइटी मधेस प्रदेशका सभापति फुलमहम्मद मियाँ, पर्सा शाखाकी उपसभापति मधु राणा,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,नेपाली कांग्रेसका नेता दिना प्रसाद गुप्ता लगायतको पनि सहभागिता रहेकाे नेपाल रेडक्रस साेसाइटीका राजन श्रीवास्तवले जानकारी दिए ।

