Madhes Khabar
स्वास्थ्य

पर्साको भेडिहारीमा निशुल्क आँखा शिविर सम्पन्न

मधेसखबर
वीरगन्ज,१४माघ : पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

वीरगन्जको किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा वडा कार्यालयले सुकही साह माध्यमिक विद्यालयको परसिरमा आयोजना गरेको शिविरमा आँखा परिक्षण गराएका मध्ये ११५ जनामा मोतिया विन्द्को समस्या भेटिएको छ । उनिहरुको यहि माघ १८ र १९ र २० गते किरण आँखा अस्पतालमा निशुल्क शल्यकृया गराइने वडाध्यक्ष सोनालाल प्रसाद चौरसियाले बताए ।

वडाध्यक्ष चौरसियाकै अध्यक्षतामा भएको शिविरमा वडा सदस्य सञ्जय ठाकुर, महिला वडासदस्य ज्ञान्ति देवी , समाजसेवी सत्यदेव तिवारी , हजारी साह लगायतको सहभागिता थियो ।

Related posts

महिला स्वंयसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

MadhesKhabar

काेराेनाकाे जाेखिम बढेपछि वीरगन्ज नाकामा फेरि स्क्रिनिङ र एन्टिजेन टेष्ट सुरु

MadhesKhabar

मधेस प्रदेशमै स्तन क्यान्सर र बाँझोपनको उपचार सेवा पहिलो पटक नारायणी अस्पतालमा सुरु

MadhesKhabar

Leave a Comment