Madhes Khabar
स्वास्थ्य

महिला स्वंयसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

मधेसखबर
वीरगन्ज,१९ मंसिर : १९ औं महिला सामुदायिक स्वंयसेविका दिवस, पर्साको सखुवाप्रसौनी गाँउपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।दिवसको अवसरमा सखुवाप्रसौनी गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सोमबार सन्देशमुलक रयाली निकालिनुका साथै हाजिरी जवाफ प्रतियोगिता पनि सम्पन्न भएको छ ।

सखुवाप्रसैनी गाउँपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकीबाट निकालिएको रयाली गाँउको परिक्रमा पछि दिपनरायण आदर्श नमुना माध्यमिक विधालयमा पुगेर समापन भएको थियो । रयाली पछि आयोजित हाजीरी जवाफ प्रतियोगितामा वडा नम्बर १ देखि ६ सम्मका महिला स्वंयसेविकाहरुले भाग लिएका थिए ।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ५ हजार रुपैया , द्वितीय हुने समुहलाई नगद ४ हजार रुपैया र तृतीय हुने समुहलाई नगद ३ हजार रुपैया पुरस्कार प्रदान गरिएको थियो ।त्यहि अवसरमा महिला स्वंय सेविकाहरुलाई प्रोत्साति गर्न गाँउपालिका अध्यक्ष यशवन्त यादवलले ब्याग, छाता र टर्च लाइट प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले जनकारी दिए ।

Related posts

निजि अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम बन्द

MadhesKhabar

वीरगन्ज महानगरले आफ्नै ल्याबबाट सुरु गर्‍यो खानेपानीको परीक्षण

MadhesKhabar

नारायणी अस्पतालको ओसीएमसीबाट ३९५ जनाले सेवा लिए

MadhesKhabar

Leave a Comment