Madhes Khabar
स्वास्थ्य हेडलाइन

काेराेनाकाे जाेखिम बढेपछि वीरगन्ज नाकामा फेरि स्क्रिनिङ र एन्टिजेन टेष्ट सुरु

वीरगन्ज,२५पुष: छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेपछि नेपाल प्रवेश गर्ने मुख्य स्थल नाका वीरगन्जमा स्वास्थ्य सतर्कता र निगरानी बढाइएको छ ।

पछिल्लो एक महिनायता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, केरला, तेलांगना र तमिलनाडु राज्यमा पुन कोरोना भाइरसको संक्रमण बढ्नथालेपछि बिहारसंग खुल्ला सीमा जोडिएको वीरगन्ज नाकामा स्वास्थ्य सतर्कता र निगरानी बढाइएको हो ।

कोरोना संक्रमणको पहिलो लहरदेखि नै वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा तीन हप्ता यतादेखि भारतबाट आउनेहरुको स्वास्थ्य जाँच गर्न थालिएको छ ।भारतबाट रेल , बस र निजी सवारीमा लामो यात्रा गरेर आउनेहरुलाई वीरगन्ज नाकामा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेपछि मात्रै भित्रिन दिने गरेका छन् ।

वीरगन्ज महानगरपालिकाद्वारा सञ्चालित हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार, भारतबाट लामो यात्रा गरेर आउनेहरुलाई नाकामा रोकेर सुरुमा स्क्रिनिङ गरिन्छ । त्यसक्रममा ज्वरो वा खोकीको लक्षण देखिएकाहरुको एन्टिजेन परीक्षण गरिन्छ ।

नाको हेल्थ डेस्कमा पुष १ देखि १८ गतेसम्म नाकाको हेल्थ डेस्कमा ३ हजार सात सय १९ जनाको स्क्रिनिङ गरिएको छ । ती मध्ये ४७ जनाको स्वाब लिएर एन्टिजेन परिक्षणपनि गरिएकोमा हालसम्म कसैमापनि कोभिड पोजेटिभ फेला नपरेको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए ।

ठाकुरलले भने,‘ भारतमा पुनः संक्रमण बढेपछि नाकामा हामीले निगरानी र सतर्कता बढाएका छौं । तर हालसम्म एक जनामापनि कोभिड पोजेटिभको केस भेटिएको छैन ।

भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा लामो यात्रा गरेर आउनेहरुको मात्र स्क्रिनिङ गर्ने गरिएको उनले बताए ।स्क्रिनिङ गर्दा शंकास्पद लाग्यो भने उनिहरुको एन्टिजेन टेष्ट गर्ने गरेका छौं, उनले भने ।

नाकाको हेल्थ डेस्कमा दु्ई जना स्टाफ नर्स , तीन जना हेल्थ असिस्टेन्ट , दुई जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेण्ट गरी ८ जना स्वास्थ्यकर्मीको टोली कार्यरत रहेको जानकारीपनि उनले गराए ।

एन्टिजेन परिक्षण्मा कोभिडको संक्रमण देखिएमा लक्षण नभएकाहरुको हकमा होम आइशाेसलेसनमा पठाउन र लक्षण देखिएकाहरुको भने जिन सिक्वेन्सीङको लागि व्यवस्थापन गर्न स्वास्थ्य महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट निर्देशन आएको ठाकुरले बताए । तर वीरगन्ज नाकामा अहिलेसम्म एक जनामापनि कोभिड संक्रमण नभेटिएकाले जिन सिक्वेन्सीङ गर्न नपरेको उनले बताए।

Related posts

त्रिशुली दुर्घटनाका पिडित चन्दनलाई १२ कक्षासम्म निःशुल्क पढाई दिने जीवनज्योति स्कूलको घोषणा

MadhesKhabar

महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा सरकारले बढाउनुपर्छ : मन्त्री क्षेत्री

MadhesKhabar

पर्साका ४ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी

MadhesKhabar

Leave a Comment