Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे महादेवपट्टीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्युु

मधेसखबर
वीरगन्ज ,२१ असाेज : पर्साको जिराभवानी गाउँपालिकामा भएकाे मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर १ जगतियामा ग्यारेज सन्चालन गरेका जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाण्डेपुरका ३८ बर्षीय उमेश यादव रहेका छन ।

बिहीबार राति ग्यारेजबाट काम सकाएर बीआर २२ के ३७८३ नम्बरको मोटरसाइकलमा सवार भई यादव घर जाने क्रममा जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टी गाउँ नजिकको कल्भर्टमा मोटरसाइकल अनियंत्रित भई ठोक्किएर कल्भर्ट मुनि खसेको र यादवकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक प्रकाश महतोले जानकारी दिनुभयो ।मृतक यादवको शव पोस्टमार्टमको लागि वीरगन्जकाे नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

समाजवादी प्रेस संगठन पर्साको नयाँ नेतृत्व चयन,अध्यक्षमा शम्भु सुमन

MadhesKhabar

कृषि औजार कारखाना बारे चासो लिदै उद्योगमन्त्री रिजालले भने : जसरी पनि चलाएर छाड्छु

MadhesKhabar

‘गहवामाई रथयात्रा’ मा १ लाख बढी भक्तजन सहभागी हुने अनुमान, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा

MadhesKhabar

Leave a Comment