Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे महादेवपट्टीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्युु

मधेसखबर
वीरगन्ज ,२१ असाेज : पर्साको जिराभवानी गाउँपालिकामा भएकाे मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर १ जगतियामा ग्यारेज सन्चालन गरेका जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाण्डेपुरका ३८ बर्षीय उमेश यादव रहेका छन ।

बिहीबार राति ग्यारेजबाट काम सकाएर बीआर २२ के ३७८३ नम्बरको मोटरसाइकलमा सवार भई यादव घर जाने क्रममा जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टी गाउँ नजिकको कल्भर्टमा मोटरसाइकल अनियंत्रित भई ठोक्किएर कल्भर्ट मुनि खसेको र यादवकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक प्रकाश महतोले जानकारी दिनुभयो ।मृतक यादवको शव पोस्टमार्टमको लागि वीरगन्जकाे नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

मूलधारका मिडियाले मधेससंग अहिलेपनि विभेद गरिरहेका छन् : सांसद यादव

MadhesKhabar

सुवोध स्मृति पुरस्कारबाट देवकोटा पुरस्कृत , उत्कृष्ट संवाददाताबाट पटेल सम्मानित

MadhesKhabar

पर्सा-२ : कांग्रेसबाट सांसदका लागि पुराना दुई नेतालाई चुनौती दिदैं युवा नेता यादवपनि मैदानमा

MadhesKhabar

Leave a Comment