Madhes Khabar
स्थानिय

सुवोध स्मृति पुरस्कारबाट देवकोटा पुरस्कृत , उत्कृष्ट संवाददाताबाट पटेल सम्मानित

मधेसखबर
वीरगन्ज ,०१ भदौ : प्रतीक प्रकाशन समूहले स्थापना गरेको सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा पुरस्कृत भएका छन् ।

वीरगन्जबाट प्रकाशन हुदै आएकोे प्रतीक दैनिक पत्रिकाको ३६ औं बार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा उक्त पुुरस्कार देवकोटालाइ प्रदान गरिएको हो ।कार्यक्रममा प्राध्यापक वासुदेलाल दासले ५१  हजार रुपैया नगद राशीको उक्त पुरस्कार देवकोटालाइ प्रदाद गरेका हुन् ।

वीरगन्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष एक जना पत्रकारलाइ प्रदान गरिदै आएको छ ।

यस्तै प्रतीक दैनिकको उत्कृष्ट संवाददाताका रुपमा पत्रकार रोधश्याम पटेल , उत्कृष्ट कर्मचारीको रुपमा मोहन दास तत्वा र स्तम्भकार विश्वराज अधिकारीलाइ पनि नगद र कदरपत्र सहित सम्मानित गरिएको छ ।

 

प्रतीक प्रकाशन समूहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जारा , पर्सा शाखा अध्यक्ष अनुप तिवारी , प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्मा लगायतको सहभागीता थियो ।

Related posts

पर्साको वीरगन्ज सहितका नाकाबाट सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तार रोक्न सर्वोच्चमा दर्ता भएको नयाँ रिटमाथि आज हुने भनिएको पेसी सर्यो

MadhesKhabar

वीरगन्ज महानगरका टोलटोलमा पुगेर नगरवासीको समस्या सुन्दै मेयर सिंह

MadhesKhabar

Leave a Comment