Madhes Khabar
स्वास्थ्य

सखुवा प्रसौनीमा पोषणमैत्री स्थानीय प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पर्सा,२०असार:पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ मा पोषणमैत्री स्थानीय प्रवर्द्धन विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हाे।

वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारुकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख राजेश रौनियारले पोषणमैत्री स्थानीय प्रवर्द्धनका अवधारणा, महत्त्व र कार्यान्वयनका तरिकाबारे सहभागीहरूलाई विस्तृत जानकारी गराएका थिए।रौनियारले पोषण सुधारका लागि सबै सरोकारवालाबीच समन्वय र सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। वडाध्यक्ष थारुले यस्ता कार्यक्रमले समुदायमा पोषणप्रति चेतना अभिवृद्धि गर्न सघाउने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा वडा नम्बर २ का जनप्रतिनिधिहरू, बाल विकास केन्द्रका शिक्षिका, विद्यालयमा आइरन चक्की खुवाउने फोकल पर्सन शिक्षिका, महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य चौकीका इन्चार्ज लगायतकाकाे सहभागिता थियाे।

Related posts

स्वास्थ्य संस्थामा औषधीको कमी हुन नदिन मेयर सिंहको निर्देशन

MadhesKhabar

आँखा पाक्ने रोगबाट बच्ने ६ उपाय

MadhesKhabar

वीरगन्ज महानगरमा बढ्दै डेंगीका बिरामी

MadhesKhabar

Leave a Comment