Madhes Khabar
स्वास्थ्य

सशस्त्र प्रहरीद्वारा वीरगन्जमा आयाेजित स्वास्थ्य शिविरबाट २५० जनाले लिए लाभ

वीरगन्ज,५माघ: सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगन्जमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ।सशस्त्र प्रहरील बल नेपाल १३ नम्बर गण पर्साको आयोजनामा वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित बबिता आधारभुत विद्यालयमा नि:शुल्क शिविर सम्पन्न भएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यको अध्यक्षतामा सम्पन्न शिविरको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको स्वास्थ्य परिक्षण गरेर गरिएको थियो । शिविरमा बालबालिका, महिला, बृद्धबृद्धा २५० जना भन्दा बढीको स्वास्थ्य चेकजाँच गरिएको थियो ।

प्रभु अस्पतालसँगको सहकार्यमा सम्पन्न शिविरमा बरिष्ठ फिजिसियन डा. शिव झा, बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अर्विन्द कुमार साह, दन्त रोग विशेषज्ञ ज्योती गुप्ता लगायतले चेकजाँच गरेका थिए । शिविरमा दाँत, हड्डी, नशा तथा फिजिसियन सम्बन्धी चेकजाँच गरिएको र आवश्यक्ताअनुसार बिरामीहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्यले जानकारी दिए ।

शिविरमा सहायक पर्साका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, प्रहरी उपरीक्षक कोमल शाह, प्रभु अस्पतालका सञ्चालक एवम् बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा, डा. मनोज गुप्ता, सामाजिक अभियान्ता दिलिपराज कार्की लगायतकोपनि उपस्थिती रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए ।

Related posts

बाराको अमलेखगञ्जमा आयाेजित नि:शुल्क स्वास्थ्य शिविरबाट २०० बढी लाभान्वित

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डलाई युद्ध अपराधी भन्दै डा. गोविन्द केसीले फेरि सुरु गरे अनशन

MadhesKhabar

नेशनल मेडिकल कलेजलेमा पनि मनाइयो नेपाल नर्सिङ दिवस

MadhesKhabar

Leave a Comment