Madhes Khabar
स्वास्थ्य

नेशनल मेडिकल कलेजलेमा पनि मनाइयो नेपाल नर्सिङ दिवस

वीरगन्ज,१५माघ:वीरगन्जको नेशनल मेडिकल कलेजमा पनि मंगलबार ६३ औँ नर्सिङ दिवस मनाइएकाे छ।हरेक बर्ष माघ १५ मा नेपाल नर्सिङ दिवस मनाउने गरिन्छ ।नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ साल माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो।

नेपाल नर्सिङ दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एकेडेमीक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारीले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई सुझाव दिईन् ।मेडिकल कलेजका हस्पिटल डाइरेक्टर इसरत जहाँ अंसारी, अडमिसन तथा मार्केटिङ डाइरेक्टर अविद हुसैन अंसारी , डाइरेक्टर रुबि यास्मिन कलेजका प्रो. डा. के ऐन सिंहलगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका थिए।

नर्सिङ दिवसकै अवसर पारेर बिरामीहरूलाई अवसरमा फलफूल वितरणपनि गरिएकाे थियो ।कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रशासन प्रमुख गौसुल आजम, पप्पु सिंह , कलेजमा कार्यरत नर्स, कर्मचारी लगायत सहभागी थिए ।

Related posts

कलैया अस्पतालका डाक्टरहरुलाई दुर्व्यवहार गर्ने बाराका सिडिओलाई कारबाही गर्न चिकित्सक संघको माग

MadhesKhabar

स्वास्थ्यप्रति लापरवाहीका कारण मधेसका महिलामा पाठेघर खस्ने समस्या व्यापक

MadhesKhabar

बाराको अमलेखगञ्जमा आयाेजित नि:शुल्क स्वास्थ्य शिविरबाट २०० बढी लाभान्वित

MadhesKhabar

Leave a Comment