Madhes Khabar
स्वास्थ्य

कलैया अस्पतालका डाक्टरहरुलाई दुर्व्यवहार गर्ने बाराका सिडिओलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगन्ज,२२पुस:बाराका प्रमुख जिल्ला अधिकारी(सिडिओ) बसन्त अधिकारीलाई कारबाही गर्न चिकित्सकहरुले माग गरेका छन्।बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालका डाक्टरहरुलाई दुर्व्यवहार गरेका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई कारबाही गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले माग गरेकाे हाे।

साेमबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनाेज गुप्ता र सचिव डा. नाैशाद हकले प्रादेशिक अस्पतालमा पुस २१ गते अनुगमनकाे बहानामा पुगेका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अस्पतालकाे बहिरङ्ग विभागमा बिरामीहरुकाे चेकजाँच गरिरहेका चिकित्सकहरुसंग अभद्र व्यवहार गरेकाे आराेप लगाएका छन्।

बिरामीको चेकजाँच गरिरहेकै बेला चिकित्सकहरुलाई प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले गुन्डा,फटाहा भन्दै मानमर्दन गरेकाले अधिकारीलाई अविलम्ब कारबाही गर्न चिकित्सक संघ नारायणी शाखाले माग गरेको हाे।

बाराका प्रमुख जिल्ला अधिकारीलाई कारबाही नगरिए पिडित चिकित्सकहरुलाई न्याय दिलाउन तथा चिकित्सकहरुकाे मानमर्दनकाे रक्षाका लागि चिकित्सक संघ आन्दोलनमा उत्रिने चेतावनीसमेत चिकित्सक संघ नारायणी शाखाले दिएको छ।

Related posts

नाराायणी अस्पतालमा १ करोड ३७ लाखमा बन्न लागेको स्टोर भवनको अध्यक्ष गुप्ताले गरे शिलान्यास

MadhesKhabar

मधेसका सरकारी अस्पतालहरूमा सुधारका लागि मुख्यमन्त्री सिंहले मन्त्री र सचिवसंग गरे छलफल

MadhesKhabar

पर्सामा हालसम्म हैजाका बिरामी वीरगन्जमा मात्रै भेटिएका छन् : स्वास्थ्य कार्यालय पर्सा

MadhesKhabar

Leave a Comment