Madhes Khabar
स्वास्थ्य

कलैया अस्पतालका डाक्टरहरुलाई दुर्व्यवहार गर्ने बाराका सिडिओलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगन्ज,२२पुस:बाराका प्रमुख जिल्ला अधिकारी(सिडिओ) बसन्त अधिकारीलाई कारबाही गर्न चिकित्सकहरुले माग गरेका छन्।बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालका डाक्टरहरुलाई दुर्व्यवहार गरेका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई कारबाही गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले माग गरेकाे हाे।

साेमबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनाेज गुप्ता र सचिव डा. नाैशाद हकले प्रादेशिक अस्पतालमा पुस २१ गते अनुगमनकाे बहानामा पुगेका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अस्पतालकाे बहिरङ्ग विभागमा बिरामीहरुकाे चेकजाँच गरिरहेका चिकित्सकहरुसंग अभद्र व्यवहार गरेकाे आराेप लगाएका छन्।

बिरामीको चेकजाँच गरिरहेकै बेला चिकित्सकहरुलाई प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले गुन्डा,फटाहा भन्दै मानमर्दन गरेकाले अधिकारीलाई अविलम्ब कारबाही गर्न चिकित्सक संघ नारायणी शाखाले माग गरेको हाे।

बाराका प्रमुख जिल्ला अधिकारीलाई कारबाही नगरिए पिडित चिकित्सकहरुलाई न्याय दिलाउन तथा चिकित्सकहरुकाे मानमर्दनकाे रक्षाका लागि चिकित्सक संघ आन्दोलनमा उत्रिने चेतावनीसमेत चिकित्सक संघ नारायणी शाखाले दिएको छ।

Related posts

वीरगन्ज हेल्थ केयरले उद्धारमा खटिने सशस्त्र प्रहरीहरुलाई दियो प्राथमिक उपचारको तालिम

MadhesKhabar

खोप सेवा मार्फत सरसफाइ प्रबर्द्धन कार्यक्रम सञ्चालन बारे पर्सामा अन्तरक्रिया तथा किट वितरण

MadhesKhabar

घडिअर्वा स्पाेर्टस् क्लबकाे नि:शुल्क स्वास्थ्य शिविरबाट २५० जना लाभान्वित

MadhesKhabar

Leave a Comment