Madhes Khabar
स्वास्थ्य

मधेसका सरकारी अस्पतालहरूमा सुधारका लागि मुख्यमन्त्री सिंहले मन्त्री र सचिवसंग गरे छलफल

जनकपुर,११ भदौ:मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेसमा रहेका प्रादेशिक अस्पतालहरूमा देखिएका समस्या समाधान गर्न प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह कोइरी र मन्त्रालयका सचिव डा.सञ्जय ठाकुरसंग छलफल गरेका छन् ।

केही दिनअघि प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका मुख्यमन्त्री सिंहले मंगलबार मधेस भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा मन्त्री कोइरी र सचिव ठाकुरसंग छलफल गरेका हुन् ।

छलफलमा उनले बिरामीको चाप अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको संख्या वृद्धि, उनीहरूले नियमित तथा पूर्ण समय कामकाज गर्ने वातावरण निर्माण, औषधि वितरणमा सहजता, सरसफाइ व्यवस्थापन लगायत स्वास्थ्य उपचारको गुणस्तर सुधारका का लागि गरिनुपर्ने कार्य तत्काल अघि बढाउन मन्त्री सिंह र सचिव ठाकुरलाई निर्देशन दिए ।

अस्पतालका आकस्मिक सेवा, बहिरङ्ग, प्रसूति र सघन उपचार कक्ष सेवा लगायतलाई चुस्त बनाउन पूर्वाधार विकास, जनशक्ति र औषधिउपकरणको उपलब्धताबारे समेत मुख्यमन्त्री सिंहले मन्त्री र सचिवंग परामर्श लिए।उनले सरकारी अस्पतालमा उपचार कार्यमा ढिलासुस्ती र हेलचेक्र्याइँ हुने गरेको जनगुनासा सम्बोधन गर्न कर्मचारी, चिसकत्सक र स्वास्थ्यकर्मीलाई कामप्रति जिम्मेवार र जवाफदेही बनाउने प्रणालीको निरन्तर अनुगमन गरिनुपर्ने सुझाए । उनले भने, ‘अनुगमनक्रममा प्राप्त माग र सुझावका आधारमा अस्पतालमा परिणामुखी हुनेगरी काम गर्ने प्रणाली स्थापित गरिनुपर्छ ।’

Related posts

सुर्या हस्पिटलमा पनि डेट एक्सपायर औषधी भेटिएको महानगरको अनुगमन समितिद्वारा जानकारी

MadhesKhabar

बाराको प्रसौनीमा २१७ जनाको आँखा जाँच गर्दा १०२ जनामा देखियो मोतियाबन्दुको समस्या

MadhesKhabar

गर्मी बढेसंगै वीरगन्जको ब्लड बैंकमा रगतको अभाव, रक्तदानको लागि आह्वान

MadhesKhabar

Leave a Comment