Madhes Khabar
स्वास्थ्य

नाराायणी अस्पतालमा १ करोड ३७ लाखमा बन्न लागेको स्टोर भवनको अध्यक्ष गुप्ताले गरे शिलान्यास

वीरगन्ज,४ भदौं : वीरगन्जको नारायणी अस्पतालमा स्टोर शाखाको नयाँ भवन निर्माण कार्य सुरु भएको छ । बुधबार अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

अस्पतालको महेन्द्र आरोग्य भवन पछाडि रहेको शव पोष्टमार्टम गृह नजिकको खाली १० धुर क्षेत्रफलको जग्गामा दुई तल्ले स्टोर शाखाको नयाँ भवन निर्माण गर्न थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको १ करोड ३७ लाख रुपैयाँको लागतमा स्टोर शाखाको नयाँ भवन निर्माण कार्य बुधबारदेखि विधिवत रुपमा सुरु गरिएको अध्यक्ष गुप्ताले बताए ।

निर्माण कार्य सुरु भएको ६ महिनाभित्रमा भवनको निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनिसंग अस्पतालले सम्झौता गरेको जानकारीपनि उनले दिए ।

हाल स्टोर शाखा महेन्द्र आरोग्य भवनको पूरानो भवनको जीर्ण कोठामा सञ्चालनमा रहेकाले अस्पतालले खरिद गरेका उपकरण, सामग्री, औषधि,रसायनहरु व्यवस्थित रुपमा भण्डारण हुन नसकेको अध्यक्ष गुप्ताले बताए । शिलान्यास कार्यक्रममा अस्पतालका मेसु डा. चुमनलाल दास, सूचना अधिकारी डा. उदयनारायण सिंह,प्रशासन प्रमुख हृदेश नारायण पर्वत , लेखा शाखा प्रमुख अवधकिशोर चौधरी लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

Related posts

नेशनल मेडिकल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई गरियो स्वागत

MadhesKhabar

वीरगन्जको घण्टाघर चोकमा आयाोजित निःशुल्क शिविरबाट १०३ जना लाभान्वित

MadhesKhabar

नारायणी अस्पतालमा मधेसकै सबैभन्दा सुविधासम्पन्न डायलोसिस् वार्ड सन्चालन

MadhesKhabar

Leave a Comment