Madhes Khabar
स्वास्थ्य

पर्सामा हालसम्म हैजाका बिरामी वीरगन्जमा मात्रै भेटिएका छन् : स्वास्थ्य कार्यालय पर्सा

वीरगन्ज,८भदौं :स्वास्थ्य कार्यालय पर्साले हालसम्म हैजा पुष्टि भएका बिरामीहरु वीरगन्ज महानगरपालिकाका मात्रै रहेको जनाएको छ । वीरगन्ज बाहेक जिल्लाका अन्य कुनैपनि पालिकामा अहिलेसम्म हैजाको बिरामी नभेटिएको स्वास्थ्य कार्यालय पर्साको भनाई छ ।जिल्लका अन्य पालिकामा झाडापखालाका बिरामीहरु भेटिएपनि उनिहरुमा हैजाको संक्रमण भने पुष्टि अहिलेसम्म नभएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

आइतबार बिहान नेशनल मेडिकल कलेजमा परीक्षणका क्रममा हैजाको संक्रमण पुष्टि भएका १४ वर्षीय बालकको स्थायी घर बहुदरमाई नगरपालिका वडा नम्बर ५ मा रहेपनि उनि वीरगन्ज–१२ श्रीपुरस्थित नेपाल टेलिकम पछाडिको टोलमा डेरामा बस्दै आएको खुलेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । ती बालकसंगै डेरामा बस्दै आएका उनका काका र काकीमा पनि संक्रमण पुष्टि यसअघि नै भइसकेको र उनिहरुको भवानी अस्पतालमा उपचार चलिरहेको ठाकुरले बताए । त्यसका कारण बहुदरमाई नगरपालिकामा पनि हैजाको बिरामी भेटियो भनेर सामाजिक सञ्जालमा भ्रम छर्नु गलत भएको उनले बताए ।
ठाकुरका अनुसार, हालसम्म वीरगन्ज महानगरको वडा नम्बर ११,१२,१३ ,१४ र ३ मा गरी ४२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । शंकास्पद थप बिरामीको दिशाको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्ट आउन भने बाँकी रहेको उनले बताए ।

Related posts

नारायणी अस्पतालमा भएको लापरवाहीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न मेयर सिंहको माग

MadhesKhabar

नारायणी अस्पतालको फार्मेसीबाट बिरामी ठगिदै

MadhesKhabar

चिकित्सक संघको उपाध्यक्षमा वीरगन्जका डा. उदयनारायण सिंहको उम्मेदवारी

MadhesKhabar

Leave a Comment