Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जको पानीटंकी क्षेत्रका अधिकांश प्याथोलोजी ल्याबहरु स्वीकृति बेगर नै संचालन

मधेसखबर
वीरगन्ज ,३ फागुन : वीरगन्जमा सञ्चालित प्याथोलोजी ल्याबहरुको वीरगन्ज महानगरपालिकाले अनुगमन थालेको छ ।अनुगमनको पहिलो दिन वीरगन्ज ८ पानीटंकी क्षेत्रमा रहेका प्याथोलोजी ल्याबहरुको अनुगमन गरेकोमा ती मध्ये अधिकांश स्वीकृति बिना नै संचालनमा रहेको भेटिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाद्धारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण समितिले गरेको अनुगमनका क्रममा वीरगन्ज ८ पानी टंकीक्षेत्रमा रहेका प्याथोलोजी सेन्टरहरु स्वीकृति बिना नै संचालनमा रहेको भेटिएको हो ।अनुगमनका क्रममा पानीटंकीमा रहेको सिटी डाइग्नोष्टिक सेन्टर स्वीकृति बिना संचालन हुनुका साथै म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गर्ने गरेको भेटिएको अनुगमन समितिका संयोजक समेत रहेका वडा नम्वर १८ का वडाध्यक्ष उमाशंकर तिवारीले जानकारी दिए।

यस्तै नेहा फार्मेसी, जय बजरंग प्याथोलोजी, ओम प्याथोलोजी सेन्टर पनि मापदण्ड बिपरित संचालनमा रहेको भेटिएको महानगरका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । पानीटंकीमै रहेको जीवन दीप एक्स रे पनि विना दर्ता नै संचालनमा रहेको फोला परेको उनले बताए ।अनुमति नलिई संचालन गरिएका प्याथालोजी तथा एक्स रे सेन्टरलाई स्वीकृति नलिएसम्म बन्द गर्न समितिले निर्देशन दिएको जयसवालले जानकारी दिए ।

Related posts

मधेस सरकारले ल्यायो ४६ अर्बको बजेट, कुन मन्त्रालयले कति रकम पाए ?

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाका विधालयहरु एक हप्ता बन्द हुने

MadhesKhabar

पटेर्वा सुगौली र जिराभवानीमा नवनिर्मित कृषि तथा पशुपंक्षी सेवा केन्द्रको कृषिमन्त्री परियारले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment