Madhes Khabar
स्वास्थ्य

वीरगन्जको सबैठवामा आयोजित निःशुल्क शिविरबाट १२० महिला लाभान्वित

वीरगन्ज,३०चैतःवीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ सय २० महिला लाभान्वित भएका छन् ।

उपकार सेवा नेपाल ,लायन्स क्लब वीरगन्ज सेन्ट्रल र मरवाडी महिला मञ्चको आयोजनामा भएको शिविरमा महिलाको पाठेघरको समस्याको परीक्षण गरिएको थियो ।उनिहरुलाई निःशुल्क औषधि वितरणपनि गरिएको थियो ।

शिविरमा महिलाहरुको चेकजाँच गरेकी श्रीराम अस्पतालकी डाक्टर प्रिति यादवका अनुसार शिविरमा जाँच गरिएकी महिलामध्ये ३५ प्रतिशतमा समस्या भएर शल्यकृया गरेर पाठेघर निकालिएको,५ प्रतिशत गर्भवती महिलामा महिनावारी समस्या भएको र ३ जना महिलाको आङ् खसेको अवस्था भेटिएको थियो ।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीको अध्यक्षतामा भएको शिविरमा संस्थाका सदस्यहरु पद्मा देवी सरावगी, सुमन बगेडिया, लायन्स क्लब वीरगन्ज सेन्ट्रलका सचिव आशा अग्रवाल ,जोन चेयरमेन कविता हलान, मारवाडी महिला मञ्चकी कोषाध्यक्ष चित्र पटवारी,सचिव अर्चना शर्मा ,सदस्यहरु लता छपोलिया,पुनम सिंगानिया, वडाध्यक्ष अवधकिशोर कुशवाहा, स्वास्थ्य चौकीका प्रमुख बबन प्रसाद सिंह लगायतकाकोपनि उपस्थिति थियो ।

Related posts

नारायणी अस्पतालमा जनशक्ति थप गर्न सांसद प्रदीप यादवको माग

MadhesKhabar

वीरगन्जको मूर्लीमा आयोजित निःशुल्क आँँखा शिविरबाटट २०० जना लाभान्वित

MadhesKhabar

वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता

MadhesKhabar

Leave a Comment