Madhes Khabar
स्वास्थ्य

वीरगन्ज रक्तसञ्चार केन्द्रलाई राउन्ड टेबल नेपालद्वारा फ्रिज सहयाेग

वीरगन्ज,२८फाल्गुन:नेपाल रेडक्रस साेसाइटी पर्साकाे रक्तञ्चार केन्द्र वीरगन्जलाई राउन्ड टेबल नेपालले एक थान रेफ्रिजेरेटर(फ्रिज) सहयाेग गरेकाे छ।

राउन्ड टेबल नेपालद्वारा आयोजना हुने मेघा रक्तदान कार्यक्रममा संकलन हुने रगतलाइ रक्तसञ्चार केन्द्रमा सुरक्षित रुपमा व्यवस्थापनका लागि आवश्यक फ्रिज राउन्ड टेबल नेपालले सहयाेग गरेकाे हाे।

राउन्ड टेबल नेपाल ८ का अध्यक्ष आकाश सरार्फ, मनिष प्रसाद लाठ, धिरज अग्रवाल, शुभम रुङ्गटा सहितकाे टाेलीले साेमबार रेडक्रस साेसाइटी पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादवलाइ उक्त फ्रीज हस्तान्तरण गरेका हुन्।त्यसअवसरमा यादवले राउन्ड टेबल नेपाललाई धन्यवाद दिदैं आगामी दिनमापनि यस्तै सहयाेगकाे अपेक्षा गरेकाे बताए।रक्तसञ्चार केन्द्रलाइ आवश्यक पर्ने सेपरेसन मेसिनको लागि समेत पहल गरिदिन उनले आग्रह गरे।

राउन्ड टेबल नेपाल ८ काअध्यक्ष आकाश सरार्फले रक्तसञ्चार केन्द्र वीरगन्जलाई संस्थाले आगामी दिनमापनि सहयाेग गरिरहने प्रतिबद्धता जनाएकाे केन्द्रका राजन श्रीवास्तवले जानकारी गराए।

कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डे, डिल्लीमाया घिमिरे, हरि राउत लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

सखुवा प्रसौनीको कटैया स्वास्थ्य चौकी भवनको स्तरोन्नत्तीको काम सुरु

MadhesKhabar

महिला स्वास्थ्य स्वयंसेविकाहरूले १८ महिनादेखि पाएनन् तलब ,आन्दोलन गर्ने चेतावनी

MadhesKhabar

वीरगन्जमा आयाेजित निःशुल्क शिविरबाट ११३ जना लाभान्वित

MadhesKhabar

Leave a Comment