Madhes Khabar
स्वास्थ्य

वीर अस्पतालमा पुगेर स्वास्थ्यमन्त्री यादवले सुने बिरामीको गुनासाे

काठमाडौं,९जेष्ठ:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले काठमाडौंकाे वीर अस्पतालमा छड्के अनुगमन गरेका छन्।बुधबार दिउँसो १ बजे स्वास्थ्य मन्त्रालयकन सचिव डा. रोशन पोखरेलसहितलाई संगै लिएर मन्त्री यादवले वीर अस्पतालमा छड्के अनुगमन गरेका हुन्।

करिब तीन घण्टाको अनुगमनमा स्वास्थ्य मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अस्पतालले दिईरहेकाे उपचार सेवाकाे अवस्थाका बारेमा जानकारी लिए ।

अनुगमनका क्रममा अस्पतालको आकस्मिक र बहिरंग कक्षमा सबैभन्दा बढी समस्या भेटिको मन्त्री यादवले बताए ।मन्त्री यादवले भने, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाएका छन् । मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो ।”

मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताए ।

यस्तै अस्पतालकाे औषधि पसलमा टोकन सिस्टम नहुँदा सेवाग्राहीहरु घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेकाे देखेपछि मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा.भूपेन्द्र बस्नेतलाई निर्देशन दिए ।

मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिए ।

Related posts

सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीका लागि निशुल्क एम्बुलेन्स सेवा सुरु

MadhesKhabar

नारायणी अस्पतालका डाक्टरलाई हातपात गर्नेलाइ हदैसम्मको कारबाही गर्न चिकित्सक संघको माग

MadhesKhabar

नारायणी अस्पतालमा पाँच महिनादेखि बन्द रहेको एमआरआई सेवा आजदेखि फेरि सुरु

MadhesKhabar

Leave a Comment