Madhes Khabar
स्वास्थ्य हेडलाइन

कलैयामा मापदण्ड विपरित सञ्चालित ११ वटा अस्पताल र क्लिनिकहरु बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

बारा,१३बैशाखःमधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार बाराको कलैयामा रहेका निजी अस्पताल र क्लिनिकहरुमा छड्के अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालित अस्पताल र क्लिनिकहरु बन्द गर्न निर्देशन दिएका छन् ।छड्के अनुगमनका क्रममा मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका निजी अस्पताल र क्लिनिकहरु बन्द गर्न उनले निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिंहले गरेको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित योगशीला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि , समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक , राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक र स्टार डेन्टल क्लिनिकलाई बन्द गर्न निर्देशन दिएको मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिए।

मुख्यमन्त्री सिंहले तत्लकाल ती अस्पताल र क्लिनिकहरु बन्द गर्न र मापदण्ड पुरा गरेपछि मात्र फेरि सञ्चालनमाा ल्याउन सञ्चालकहरूलाई लिखित पत्र नै दिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।

Related posts

वीरगन्ज हेल्थकेयर अस्पतालमा मुटुको अप्रेशनका लागि खुल्यो अत्याधुनिक क्याथल्याब

MadhesKhabar

७ वर्षसम्म साङ्लोले बाँधिएका बाराका जोगेश्वरले पाए नयाँ जीवन

MadhesKhabar

सत्तारुढ दलको भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली बजाउदैनौं : पूर्वमन्त्री यादव

MadhesKhabar

Leave a Comment