Madhes Khabar
स्वास्थ्य

मधेस सरकारले शहीद परिवारको स्वास्थ्य बीमा गर्ने

सिमरा,२५पुसः मधेस प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य बीमा गर्ने भएको छ ।मधेस प्रदेशमा रहेका शहीद परिवारको स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि मधेस सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

मधेस सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले पुष ९ गतेबाटै उक्त बीमा कार्यक्रम लागू भएको जानकारी दिए । मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने बताए ।

उनले स्वास्थ्य बीमा कार्यक्रमले शहीद परिवारहरूलाई स्वास्थ्य समस्यामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले शहीद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको बताए ।

लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानूनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी दिए । कार्यदल स्थानीय तहहरूको संरचना सुधारका लागि मस्यौदा तयार पार्ने कार्यमा समर्पित हुने जनाइएको छ । मन्त्री लेखीले कार्यदलले तयार पारेको मस्यौदा प्रदेश सरकारलाई बुझाइने तयारी रहेको बताए ।

Related posts

आँखा पाक्ने राेगकाे प्रकाेपबाट जाेगाउन वीरगन्जका सरकारी विद्यालयमा निशुल्क शिविर सञ्चालन

MadhesKhabar

महिला स्वयंसेविकाहरूकोे दुखेसो : २४ सै घण्टा खट्नु पर्छ तर तलब १५ सय मात्रै पाइन्छ

MadhesKhabar

पर्सामा पनि ५ देखि ११ वर्षका बालबालिकालाइ कोरोना विरुद्धको खोप लगाउने अभियान शुरु

MadhesKhabar

Leave a Comment