Madhes Khabar
स्वास्थ्य

महिला स्वास्थ्य स्वयंसेविकाहरूले १८ महिनादेखि पाएनन् तलब ,आन्दोलन गर्ने चेतावनी

तस्बिर :रातोपाटी

रौतहट,१२कार्तिकःरौतहटको कटहरिया नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूले तलबको माग गर्दै आन्दोलनको चेतावनी दिएकी छन्।

नगरपालिकामा मेयरको रूपमा हालै निलम्बन फुकुवा भएका अजय प्रकाश जैसवाल निर्वाचित भएदेखि नै तलब पाउन नसकेको कारण आन्दोलनको विकल्प नभएको महिला स्वास्थ्य स्वयंसेविकाहरूले चेतावनी दिएका हुन् ।

दसैँको बेलापनि तलब नपाएको र अहिले दीपावली र छठ पवर्व नजिक आउँदा पनि हालसम्म तलब पाउने कुनै संकेत नदेखिएको उनीहरूले गुनासो गरेका छन्। कटहरिया नगरपालिकाका ९ वटै वडामा गरी ५४ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन्। उनीहरूले १८ महिनादेखि तलब पाउन सकेका छैनन्।

पूर्व मेयर सियाराम कुशवाहाले नगरभरिका स्वास्थ्य स्वयंसेविका लाई नगरपालिकाको कोष बाट मासिक ३ हजारको दरले प्रत्येक चौमासिकमा भुक्तानी दिँदै आएका थिए। २०७९ को निर्वाचनमा अजय प्रकाश मेयरमा निर्वाचित भएसँगै उनले महिला स्वास्थ्य स्वयंसेविकाको मासिक तलबमा १५सय रुपैयाँ वृद्धि गरेर ४ हजार ५ सय रुपैयाँ पु¥याएका थिए।

६ महिनाको तलब जेनतेन भुक्तानी गरे पनि १८ महिना देखी मेयर जैसवालले पटकपटक दिन्छु भनेर झुटो आश्वासन दिँदै आएको वडा नम्बर ८ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका मिना ठाकुरले गुनासो गरिन्।

गत असोजमा आन्दोलन गरेपछि मेयर जैसवालले दसैँ बिदाअघि नै सबै जना स्वयंसेविकाको तलब खातामा पठाउने प्रतिबद्धता जनाएका थिए। उनको प्रतिबद्धतापछि आन्दोलन स्थगित गरिएको थियो। तर हालसम्म कुनै स्वयंसेविकाको खातामा पैसा नआएको स्वयंसेविका ठाकुरले गुनासो गरेकी छिन्।

स्वयंसेविकाको तलबबारे प्रतिक्रिया लिन फोन सम्पर्क गर्न खोज्दा मेयर जैसवालसँग सम्पर्क हुन सकेन भने प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले पनि फोन उठाएनन् ।सन्जय मिश्रा/रातोपाटी

Related posts

कलैया अस्पतालमा कलेजोको उपचार हुने ‘इभीबीएल’ सेवा सुरु

MadhesKhabar

कोरोना भाईरस संक्रमितको संख्या एक हजार नाघ्यो

MadhesKhabar

बाराको प्रसौनीमा २१७ जनाको आँखा जाँच गर्दा १०२ जनामा देखियो मोतियाबन्दुको समस्या

MadhesKhabar

Leave a Comment